Grab the widget  Get Widgets
Showing posts with label Promotion. Show all posts
Showing posts with label Promotion. Show all posts

30 May 2013

पर्यटन प्रवर्धन (Tourism Promotion )

हामी नेपालीले विश्वका प्रमुख समाचार च्यानलहरुमा ठुलो रकम खर्चेर नेपालको प्रवर्धनको लागि बिज्ञापन गर्न सक्दैनौं भन्ने तथ्य घाम झैँ छर्लङ्ग हुँदा हुँदै पनि नेपालका पर्यटन मन्त्रिले हालै एक समारोहमा पर्यटकहरुलाई फोटो तथा भिडिओ खिच्न कडी कड़ाउ गर्ने कुरा सुन्दा मन खिन्न भयो | आफुले पनि गर्न नसक्ने अरुले गरेको पनि देखि नसक्ने भनेको यहि रहेछ | एउटा फोटोले हजार शब्द बोल्छ भन्छ | नेपालको पर्यटन प्रवर्धनमा घात गरेर मन्त्रिज्यूले के गर्न खोजेका हुन् ? पर्यटन ब्यबसायीहरुले के हेरेर बसेका हुन् ? यस्तो दिक्कलाग्दो कुरा कसले सिकाएका हुन् ? हाम्रा मन्त्रिज्यूले साँच्चै भनेका हुन् कि ख्याल मात्रै गरेका हुन् ? बुझ्न सकिन | हुन त ठुला मान्छेले जे गरे पनिं हुन्छ नि हाम्रो नेपाल मा |

एउटा फोटो खिचेर एक जना विदेशीले घरमा राख्यो भने त्यो घरबाटै नेपालको बिज्ञापन हुन्छ | फिल्म खिचेर गएको छ भने झन् राम्रो, त्यो पनि टेलिभिजनबाट प्रशारण भयो भने झन् कत्ति मज्जा | फोकट मै बिज्ञापन | बिदेशमा रहेका फोटो पत्रकारहरुलाई त हामीले फ्यान ट्रीपमा बोलाएर नेपालको बारेमा लेख, रचना, डकुमेन्ट्री प्रचारप्रसार गर्न लगाउनु पर्नेमा कडिकडाउ गर्ने समाचार सुन्दा बिरक्त लाग्यो |

बरु नियामक अड्डाले नियमन गरेर नेपालको सार्वभौमसत्तामा धक्का पुग्ने, शान्ति शुरक्षामा खलल पुर्याउने खालको समाचारलाई भने नियन्त्रण गर्नु पर्छ | मन्त्रीज्यूले कुन चाही भन्न खोज्नु भएको हो | स्पष्ट गरी दिनु भए राम्रो हुने थियो | अस्तु |