Grab the widget  Get Widgets
Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts

15 September 2024

मेनोपज र श्रीमान्

श्रीमती अधबैंसेकी थिइन्, हंसमुख स्वभावकी, जिन्दगीलाई सहज र रमाइलो तरिकाले लिने बानी परेकी। उनका श्रीमान्, उनीभन्दा अलि जेठो, त्यस्तै सहज स्वभावका ज्ञानी। उनीहरूका छोराछोरीले अध्ययन सकाएर कामको सिलसिलामा बिदेशिए। 

अब उनीहरू दुई जना ब्वाए फ्रेन्ड र गर्ल फ्रेन्ड लिभिङ टुगेडरमा बसे जस्तै बस्न थालेका थिए। समय बित्दै जांदा श्रीमतीले आफूलाई अजीब महसुस गर्न थालिन्। अचानक शरीरमा गर्मी आउने, पसिना आउने, रातभरि निद्रा नलाग्ने, कहिले-काहीं मूड एकदमै खराब हुने। श्रीमानलाई यसबारे केही बताउँदा, खासै गम्भीरता दिएनन्। अझ भनौं वास्ता नै गरेनन् । तर श्रीमती भने दिनदिनै अझ तनावमा पर्न थालिन्। स-साना कुरामा झर्किन थालिन्, आफूलाई अचम्मको निराशा र थकानले घेर्न थालेको अनुभव गरिन्। उता श्रीमान पनि हैरान! संधै हंसमुख रहने श्रीमती अचेल किन यस्तो बदलिएकी?
एकदिन, श्रीमती चुपचाप कोठामा बसिरहेकी थिइन्। श्रीमानले उनलाई बोलाएर भने, "के भयो बुढी? तिम्रो स्वभावमा चिढ चिढापन बढ्दै गएको भान भएको छ। स-सानो कुरामा पनि मलाई खाउला झैं गर्छौ। म सोझो भएर हो कि, मैले बुझ्नै नसकेको हो कि? यस्तो त कहिल्यै गरेको थिइनौ। हामी बसेरै कुरा गरौं न।"

श्रीमतीले गहभरि आँसु झार्दै भनिन्, "मलाई पनि थाहा छैन, बुढो। यस्तो किन भइरहेको छ, म आफैँ अलमलमा छु। मेरो शरीर, मेरो मन, सबै कुरा परिवर्तन भइरहेको छ। निकै रिस उठ्छ। तिम्लाई देख्दा नि कांचै खाउँ झै हुन्छ। बोक्सी नै दुब्यो, कि प्रेत आत्माले छोयो खोइ! अब बाजेकोमा जानु पर्ला।"

श्रीमानले श्रीमतीको हात समात्दै भने, "तिम्रो बदलिएको व्यबहार देख्दा मेनोपज हुंदाको लक्षण जस्तो लाग्यो। अस्ति मेरो अफिसको म्याडमले पनि श्रीमान देख्यो कि कुटुम कुटुम जस्तो हिर्काउन मन लाग्छ, भनेको थियो। पछि मनोचिकित्सक डाक्टर संग परामर्श गरे पछि ठिक भयो रे! यस्तो कुरा उमेरले हुने होला, हामीले राम्ररी बुझ्नुपर्छ। तिम्रो समस्या बुझ्न कोशिश त गरि नै राखेको छु। तर तिमीमा निकै बदलाब आएकोले परामर्श त गर्नु पर्छ होला। समस्या त समाधान गर्नु पर्‍यो नि हैन?"

दुबैजना मिलेर इन्टरनेटमा अध्ययन गरेर थाहा पाए कि श्रीमती पक्का मेनोपजको चरणमा थिइन्। मेनोपजले महिलाको शरीर र मनमा ठूलो परिवर्तन ल्याउँछ—हर्मोनल परिवर्तनका कारण शारीरिक र मानसिक दुवै समस्याहरू उत्पन्न हुन्छन्।

दुबैजना डाक्टरकहाँ गए र डाक्टरको सल्लाह अनुसार हर्मोनल थेरापी र स्वस्थ जीवनशैलीको लागि खानपानमा परिवर्तन गर्न थाले। घरको नियमित काम दुबैले मिलेर गरे, व्यायाम, सन्तुलित आहार, ध्यान र योगले उनीहरु दुबैले संग संगै गर्न थाले र मानसिक तथा शारीरिक रूपमा श्रीमतीलाई धेरै राहत मिल्न थाल्यो।

बुढीको मूड स्विङ् हुने बित्तिकै जिद्दी हुने व्यबहारलाई बुझ्नै पर्ने बाध्यता भएकोले श्रीमतीले झम्टिन लागेको थाहा पाउना साथ, बुढा चुपचाप भागेर बादबिबादलाई टुङ्याइ दिने गरे। श्रीमानको समझदारीपन श्रीमतीले पनि बुझेकोले उनीहरूबीचको सम्बन्ध पहिलेभन्दा अहिले ठाक ठुक गर्दा गर्दै पनि बलियो हुन थाल्यो।

एकदिन, बुढा बुढी बार्दलीमा बसिरहेका थिए। हावा शीतल थियो, आकाशमा तारा चम्किरहेका थिए। बुढीले हाँस्दै भनिन्, "तिमीले मेनोपज जस्तो कठिन समयमा, मलाई जसरी साथ दियौ नि मैले तिमीलाई जति झम्टिए पनि चुप लागेर नबसेको भए आजको दिन देख्न पाउंदैन थियो होला हगी? म त साँच्चै नै भाग्यमानी रहेछु।"

बुढाले मुस्कुराउँदै भन्यो, "जिन्दगीमा यस्ता उतार चढाब आएन भने त जिन्दगी रोमान्चक नै नहुने होला नि। हामीले एकअर्कालाई सधैं साथ दिनुपर्छ, चाहे जस्तो सुकै उतार चढाबको समय होस्। अब त तिमीले हरेक कुरामा झर्किन पनि छाड्यौ, तिमीले कुटेर मार्ला भन्ने डर लाग्न पनि छाड्यो। म त फेरि तिमीलाई पहिलेको जस्तो रमाइलो पो देख्न पाएको छु।"

बुढीले पनि हाँस्दै भने, "शायद हामी दुवैजनाले यो कठिन यात्रा सँगै पार गर्यौं, त्यसैले फेरि यो रमाइलो भएको छ।"

यो उनीहरूको सम्बन्धको अर्को चरण थियो—जहाँ उनीहरुको एकअर्का प्रतिको समझदारी, धैर्यता र माया झन् गाढा भएर गएको थियो। मेनोपजले ल्याएका चुनौतीहरूलाई उनीहरूले बहुत समझदारीताका साथ सामना गरेर जीवन अगाडि बढाएकाले कठिन अवस्थाले पनि उनीहरुलाई अलग पार्न सकेन, बरु उनीहरूको सम्बन्धलाई अझ बलियो बनायो। 

पाठक बृन्दहरुले पनि यस्तो अवस्थामा मनोचिकित्सक परामर्श र समझदारी अपनाउनु हुनेछ भन्ने बिश्वास लिएको छु। अस्तु।

06 June 2023

कुकुरको टोकाई

आफुलाई बिहान बिहान कुकुरले टोकेर हैरान भयो भनेर घर आको त! अनि कुकुरको अगाडि अगाडिबाट हिंड्नु पर्छ? जाँ, जाँ कुकुर छ, त्यतैबाट हिंड्नु पर्छ भनेर पो भन्छ बा! 

कुकुर खेलाएर बस्ने साउनीलाई रेबिजको सुई लाएको कुकुर हो साउनी! भनेको त। हो हो! अस्ति मात्रै सुई लाको हो, तर यो कुकुर मेरो होइन भन्दिरा अवस्था। 
खैर! सडकमा लखर लखर हिंड्दै झगडा गर्दै हिंडेका कुकुरको पछि लाग्नु भन्दा टेकु अस्पतालमा जानु कल्याण भनेर घर फर्केर छोरा सित अस्पताल पुगियो। 

इमर्जेन्सीमा कोहि छैन। झण्डै आधा घण्टा पछि डाक्टर र नर्स आईपुग्नु भो। घाउ गहिरो भएकोले थर्ड डिग्री भन्दो रैछ। घाउलाई डिटल पानीले पखालेर मल्हम लगाउनु तर नछोप्नु भन्नु भयो। 

जनावरहरुलाई मायाँ गर्दा जनावरहरुले पनि टोकेर मायाँ गर्छ कि क्या हो? पोहोर बांदरले मायाँ गर्‍यो। आज एक बर्ष २० दिन हुंदा कुकुरले मायाँ गर्‍यो।

आज दुइटा रेबिजको सुइ र एउटा टिटानस गरी ३ वटा सुइ लगाईयो। अब फेरि तीन दिन पछि दुइटा लाउन पर्ने भो। जनावरले टोकेको बेलामा आत्तिनु भएन। साबुन पानी, डेटल पानीले घाउ पखाल्न नबिर्सनु होला। अनि काठमाडौंमा भए टेकु अस्पतालमा तुरुन्तै जानु होला। पहिले डोज २४ घण्टा भित्र लगाएर आफु सुरक्षित रहनु होला। अस्तु।

08 April 2021

खोपको लाईन!

कोरोनाको खोप लगाउने भनेर बिहान देखि चुर फुर गर्दै गंगालाल अस्पताल बांसबारीमा ढुक्कसँग गएं। चहल पहल नदेख्दा आज देखि हो कि भोलि पर्सि देखि हो भनेर फेरि एकपल्ट फेसबुक पल्टाएर हेरें। अस्पतालको नाम त छ। हिजो देखिनै हो रेछ त!

अस्पतालमा तयारी पनि छ। ठाउँ ठाउँमा संकेत चिन्ह पनि छ। आज खाली रहेछ। ठिक्क समयमा आइएछ। हुल मुल पनि छैन, आरामले खोप पाइने भयो भनेर दंग पर्दै संकेत अनुसार अस्पतालको कोठामा हेर्दा त छक्क पो पर्न पर्‍यो। खोप लगाइदिने स्टाफ र स्वयंसेवक सेवकहरु भने कोहि छैनन्। न त खोप लगाउन आउनेहरुको लाइन छ। सुनसान, चकमन्न छ। सुरक्षा गार्ड खोज्दै हिंडें। 

अनि कोहि नभेटिए पछि, आर्को कोठामा रिसेप्सन रहेछ, त्यतै गएर सोधेको त अस्पतालमा खबर नै छैन रे। रिसेप्सनिष्टले " हाम्ले पनि लाएको छैन, हाम्लाई खबर पनि छैन।" भन्दिरा !

अब, आज त लाउने नै हो भनेर फेरि त्रि. बि. शिक्षण अस्पताल दौडेर पुगें। यतिबेला १२:४५ बजि सकेको थियो। आम्मामा मोटरसाइकल र गाडीको लाइन कति हो कति? पार्किङ नपाएर दिमाग खराब!

होइन ए पाले दाजु! आज त के हो? पार्किङ गर्न ठाउँ नै छैन? 

के हुनु नि हजुर! त्यो कोरोना कि सोरोनाको खोप लाउनेहरुको भिड पनि थपियो नि। संधै भन्दा यो खोप लाउने दिनमा त झन भिड हुन्छ। उ त्याँ निर खाली हुन लाइरा छ, त्यतै घुसाइ दिनुस।

पार्किङ गरे पछि, फटाफट कोरोनाको ब्यानर खोज्दै डौदेर गएको त लाइन त आम्मामा खत्रा लामो रहेछ। पाले दाईलाई सोध्ने बाहेक सोधपुछ गर्ने थलो भेटिएन। अनि पाले दाई नै सर्बेसर्बा जस्तो देखिएकोले, पाले दाइ! यो लाइनमा बस्नेहरुले आज खोप लाउन पाउंछ? भनेर सोध्दा, बिहान १० देखि ४ बजे सम्म लेखेको ब्यानरमा आँखा पर्‍यो। अनि खुरुक्क लाइनमा बस्न गएँ। 
नाम लेखाउन पाए पछि खोप पाइन्छ भनेर पाले दाइले आश्वासन पनि दियो। यतिबेला, लाइनमा म अन्तिम मनुवा थिएँ। दिउँसोको एक बजेको टन्टलापुर घामलाई छलेर छायाँ खोज्दै लामबद्द भएर बसें। सबैजना मास्क लगाएता पनि, लाइनमा भने ठेलमठेल गर्नै पर्ने हाम्रो बानी त्यता पनि थियो। एकछिन पछि मेरा पछिल्तिर पनि जनताहरु लामबद्द हुँदै गयो।

पाले दाई फटाफट आएर मेरा पछिल्तिरको मान्छेलाई अब तपाईंको पछाडी मान्छेहरु नराख्नुस है भनेर सुचना दियो। त्यही बिचमा एक जना अनुहार भद्र देखिने मान्छे साथीहरूको बीचमा घुसेर लाइन मिच्यो। पहिला त सबै जना चुपचाप नै थियो। तर जब पालेदाइको सुचना कानमा पर्‍यो, अनि बिचमा घुस्नेहरुको खोजि सुरु भयो।

साथीहरूको बिचमा घुस्ने भद्रले पहिला खाना खान गएथें भनेर झुठो बोल्यो, बिचराले घडि हेर्न बिर्सेछ, २:३० बजिसकेको बिर्सेछ। अनि खाना र खाजा मै कन्फ्युज भाको भद्रले सरी मैले गल्ती गरें म मर्छु बरु! तर आज खोप लाउन्न भनेर लाईनबाट बाहिरियो।

आफुले लाउन नपाउने भएपछि, त्यो भद्र देखिने ले अभद्र व्यबहार देखाइ हाल्यो। यो चाइनिज खोप, त्यति गतिलो चैं हैन भन्छ, हिजो अस्ति लाको मान्छेहरु पनि गतिलो चैं भाको छैन। आज तपाईंहरुले लाउनुस, तपाइँहरुलाई केही भएन भने भोलि पर्सि म नि लाउंला भनेर फ्याट्ट कालो बोली बोलेर गयो।

कस्तो मुर्दार रेछ! आफुले लाउन नपाउने भयो भन्दैमा त्यसरी भन्न मिल्छ? त्यो त बांदर नै रेछ। हो त्यो त कुलंघार नै रेछ। हो नि कस्तो गधा रेछ। त्यो त मूर्ख नै रेछ। 

बिचरा! आज लाइन बस्न नपाउंदा त यस्तो छ, भोलि खोप नै पाएन भने त बौलाहा नै हुन्छ होला। अनि सरकारलाई गाली गर्ने।

अब हाम्रो पालो आउला भनेको त एउटी नर्सले एक मुठ्ठा पासपोर्ट र आइडी कार्ड लिएर आएर त्यो लाइनमा बस्नेहरुलाई कुराएर आफ्नो मान्छेहरुको नाम धमाधम घुसाएछ। अगाडि पुगेको मान्छे त्वाँ ...! 

एकछिन पछि त आजको कोटा सकियो! भोलि आउनुस भनेर हाम्रो पालो मिच्दियो। ए बा! अनि अस्पतालमा पनि चिनेको मान्छे चाहिने रेछ। कुन चैं पार्टीको मान्छे भयो भने जे गरे नि हुने रहेछ भन्ने लाग्यो। हामी जनता चाहिँ दुई तीन घण्टा लाइन बसे पनि कोटा सकियो भनेर घर पठाइ दिने? अनि चिनजानका आएमा, भै हाल्छ नि हजूर भनेर चाकडी गर्ने चलन, कैले जाला?

हाम्रो समय खेर जांदाको क्षतिपूर्ति कस्ले तिर्छ? सरकार! भनेर भनुम भने यो देशमा सरकार नै छ कि छैन? भनेर खोज्न जान पर्ने भयो। हामी कहिले नागरिक बन्ने? जुनसुकै सरकार आए पनि हामी रैतिको रैति। जवाफको खोजीमा ! त्यो नर्सले मनोमानी गर्दा आज हाम्ले खोप लाउन पाएनौं! तलमाथि भयो भने जिम्मेवार को? गैर जिम्मेवारीको पनि हद हुन्छ नि! अस्तु!


14 June 2020

क्वारेन्टाइन जिन्दगी

बल्ल तल्ल नेपाल आइयो! क्वारेन्टाइनमा बस्नु पर्‍यो। क्वारेन्टाइनमा सरकारले राख्ने भनेसी मनमा अनेक कुरो आयो। कति पैसा लिने हुन वा सित्तैमा खुवाउने हुन। यतिका दिन सम्म, न खाना, न पानी, न घर, न घाट भएर बसेको। बल्ल बल्ल आफ्नो देश आउन पाएको छ। बाटोमा कैयन दु:ख पीडा सहेर आएको छु । 

नेपाल आउंदा, क्वारेन्टाइन त गज्जब नै रहेछ। आम्मामा ! दिनको दुई पल्ट खाना बिहान बेलुकी खाजा र चिया। क्या ! आनन्द ! अब हरेक बिहान दुध, दुधको चिया, अण्डा दुइटा, अम्लेट, आलु चट्ट फ्राइ गरेको, दुइटा जति प्यान केक, अलिकति बिन्स, दुईवटा जति टोस्ट पाउरोटी अनि फ्रुट जुस पनि चट्ट खान पाए त १४ दिन भन्दा बढी क्वारेन्टाइनमा बस भने पनि कम्पप्लेन चैं गर्दिन बा! अनि दिउँसो यस्सो फ्रेस फलफूल अनि चिसो जुस अथवा चिया, कफी पाए त धरोधर्म यो सरकारको जय जयकार गरेर बस्छु|

बाटोमा खाना खान नपाएर जिन्दगी नै ध्वस्त भयो जस्तो लागेको थियो अब घर आइपुग्ने बेलामा खातिरदारी राम्रो भयो भनेसी आनन्द भो| यो गर्मी चैं सरकारले नियन्त्रण नै गर्न नसकेको अवास्था छ| पंखाको सट्टा ए सी, म्याट्रेसको सट्टा राम्रो खालको खात अनि भेन्टिलेसन सहितको कोठा भएको क्वारेन्टाइन भए त यो मेयर सेयर र सरकारको राजिनामा माग्ने नै छैन|  

ओ भाइ ! कता हराएको ? लौ यो पाउरोटी खाउ, अनि यो कालो चिया पनि राख्देको छु है ! दिउंसै सपना देखेर बस्छ्न यो क्वारेन्टाइनमा पनि। अझै दिन गनेर बस बांकी छ। अलि दुरि मिलाएर पनि बस। यो तिम्रो घर हो र? 

बिचरा झसङ्ग भएछ। ब्युंझिदा त तहरोमा पो रहेछ। तै तै सपना देखि हालेका छ्न हाम्रो सरकारले क्वारेन्टाइनको रुप बदलिदिन्छ कि? अस्तु।


14 December 2014

Winter health

Having cold, cough, fever, muscle sprain, headache is too much boring, I think to you all too agree in this case. During these days, I am thinking, is there any type of activities that get relief from these health problem? The answer is a doctor and his prescription.

But only pain killer will not work. It takes its time to recover. Prevention is better than cure. During winter, better take no risk while you drive, specially motor bikers, take sufficient precaution to protect your chest, knee and joints. Do not forget to take sufficient amount of liquid, tea, coffee, soup that will keep you warm.

If you have spare time, keep your feet & palm in hot water to protect from cold and cold related pain. This will help to some extent.

If you are not afraid of cold then enjoy the climate with your full strength. Christmas is waiting. 

Cheers.

13 January 2014

बाउ हुन त्यसै सजिलो छ ?

आज बिहान सबेरै छिमेकीको बच्चा बिरामी भएकोले ईशान बाल अस्पतालमा लगें । साढे चार बजेको थियो, अस्पताल पुग्दा। आकस्मिक कक्षमा हामी पुग्दा डाक्टर, सिस्टर, पाले सबै सुकुला हुनुहुन्थ्यो। धन्न लामो हा….ई  काढेर पाले दाईले ग्रिल रेलिङ्ग खोल्नु भयो। सिस्टरलाई उठाउनु भयो। सिस्टरले  डाक्टर साब को निन्द्रा खलबली होला भनेर पहिले डिग्री लगाउदै प्रेसर नाप्नु भयो बच्चा अचेत नै थियो। बल्ल डाक्टर साबलाई उठाउनु भयो। आँखा मिच्दै बिचरा डाक्टर साब निस्कनु भयो। बच्चाले गल्तीले छालामा लगाउने क्रिम खाएको कुरा बच्चाको आमाले बतायो। एकछिनमा नाडी छामिसके पछि बच्चा जुरुक्क उठेर ट्वाल्ल परेर हेर्यो र बच्चा झसंग झसंग तर्सिरहेको थियो।  

साधारणतया यस्तो केसलाई पोइजनिङ्ग भन्ने रहेछ।  बिचरा डाक्टरले यस्तो केस "मैले देखेको नै छैन" भनेर टिचिंगमा लैजान भन्यो। नजिकैको अस्पतालमा गएको बेकार भयो। बच्चाको आमा आत्तिएर किन फर्काएको होला भनेर चिन्तित भयो।  तर के गर्ने डाक्टरले नै लैजाउ भने पछि लैजानुनै पर्यो।  

पाँच बजे बिहानी पख हामी टिचिंग पुग्दा आकस्मिक कक्षमा बेड त के कुनै कुर्ची पनि बाँकी थिएन। बिरामीहरु एउटा खाटमा दुइ तीन जना बिरामी पनि खचाखच। नाम दर्ता गरे पछि मात्रै डाक्टर साबले सोध खोज गर्नु भयो।  बाल कक्ष तिर रिफर भए पछि बल्ल शान्त भयो।  बच्चाले एक पटक उल्टी गरे पछि सायद बच्चालाई आराम मिल्यो।  कुरा गर्न थाल्यो।  आमा चै ले बल्ल लामो श्वास फेर्यो र दङ्ग पर्यो। 

संगैको बेडमा पखाला लागेको सानो बच्चीलाई (सायद पहिलो) बा आमा मिलेर न्यापिले सरसफाई गर्दै थियो। बच्ची टाइम टाइममा पीडाले छत्पटाउने गर्थी। दुवैले आफ्नो कर्तब्य सम्झेर मिलेर न्यापी सफा गर्दा आमाले छोरीलाई काखमा राखेर बाउले मल मुत्र सफाई गरेको देख्दा जोडी अच्छा रहेछ भन्ने आभास भयो। सायद हाम्रा आमा बा ले पनि यस्तै गरे होलान भन्ने मनमा लाग्यो। यसै बेला बच्चीलाई खोकीको साथै पेट पनि दुखेछ। जोडले चिच्याई बुरुक्क उफ्रिंदा फ्वारात्त फोहरा झैँ निस्क्यो।  बाउको ज्याकेट पहेंलो रंग लगाएको जस्तो भयो।  धन्न मायाको चिनोलाई बाउले घिन नमानी सकार्यो दायाँ बायाँ हेर्यो।  मैले नदेखे झैँ गरें। सिस्टरले पनि नदेखे झैँ गरेर मुख छोपेर हाँस्यो।  सायद मनमनै भन्यो बाउ हुन त्यसै सजिलो छ ? अस्तु।