Grab the widget  Get Widgets

Sunday, 14 June 2020

क्वारेन्टाइन जिन्दगी

बल्ल तल्ल नेपाल आइयो! क्वारेन्टाइनमा बस्नु पर्‍यो। क्वारेन्टाइनमा सरकारले राख्ने भनेसी मनमा अनेक कुरो आयो। कति पैसा लिने हुन वा सित्तैमा खुवाउने हुन। यतिका दिन सम्म, न खाना, न पानी, न घर, न घाट भएर बसेको। बल्ल बल्ल आफ्नो देश आउन पाएको छ। बाटोमा कैयन दु:ख पीडा सहेर आएको छु । 

नेपाल आउंदा, क्वारेन्टाइन त गज्जब नै रहेछ। आम्मामा ! दिनको दुई पल्ट खाना बिहान बेलुकी खाजा र चिया। क्या ! आनन्द ! अब हरेक बिहान दुध, दुधको चिया, अण्डा दुइटा, अम्लेट, आलु चट्ट फ्राइ गरेको, दुइटा जति प्यान केक, अलिकति बिन्स, दुईवटा जति टोस्ट पाउरोटी अनि फ्रुट जुस पनि चट्ट खान पाए त १४ दिन भन्दा बढी क्वारेन्टाइनमा बस भने पनि कम्पप्लेन चैं गर्दिन बा! अनि दिउँसो यस्सो फ्रेस फलफूल अनि चिसो जुस अथवा चिया, कफी पाए त धरोधर्म यो सरकारको जय जयकार गरेर बस्छु|

बाटोमा खाना खान नपाएर जिन्दगी नै ध्वस्त भयो जस्तो लागेको थियो अब घर आइपुग्ने बेलामा खातिरदारी राम्रो भयो भनेसी आनन्द भो| यो गर्मी चैं सरकारले नियन्त्रण नै गर्न नसकेको अवास्था छ| पंखाको सट्टा ए सी, म्याट्रेसको सट्टा राम्रो खालको खात अनि भेन्टिलेसन सहितको कोठा भएको क्वारेन्टाइन भए त यो मेयर सेयर र सरकारको राजिनामा माग्ने नै छैन|  

ओ भाइ ! कता हराएको ? लौ यो पाउरोटी खाउ, अनि यो कालो चिया पनि राख्देको छु है ! दिउंसै सपना देखेर बस्छ्न यो क्वारेन्टाइनमा पनि। अझै दिन गनेर बस बांकी छ। अलि दुरि मिलाएर पनि बस। यो तिम्रो घर हो र? 

बिचरा झसङ्ग भएछ। ब्युंझिदा त तहरोमा पो रहेछ। तै तै सपना देखि हालेका छ्न हाम्रो सरकारले क्वारेन्टाइनको रुप बदलिदिन्छ कि? अस्तु।


No comments:

Post a Comment