Grab the widget  Get Widgets

Friday 5 June 2020

कोरोनाको डरले सिर्जना भएको उदासिनता

आजकाल मलाई अति डर लाग्छ। समाचार सुन्दा पनि रिस उठ्छ। सामाजिक संजालमा आएको झुठो सांचो समाचार पढ्दा पनि चित्त दुख्छ। दुखभरी गीत सुनेर आँसु आउँछ। दुर्घटनाको समाचार सुन्दा यो मन बहकिन्छ। बोल्न पनि मन लाग्दैन। एकै ठाउँमा पनि बस्न मन लाग्दैन। मनोचिकित्सकको कुरा सुन्दा अलि सहज हुन्छ। 

घर परिवार, साथीहरू संग कुरा गर्दा मलाई गिज्याए जस्तो हुन्छ। यो किन गरेको ? भनेर सामान्य प्रश्न सोधे भने नि जिरिङ रीस उठ्छ। हुंदा हुंदा, मोबाइल र टेलिफोनको घण्टी बज्दा पनि यो मन भारी हुन्छ। कोरोना लागेको छ भनेर दुखद समाचार आउने हो कि? भनेर। धेरै संका लाग्छ। मेरो बारेमा कसैले जासुसी गरेको छ कि भनेर।

कसैले काम अर्‍हाए भने त ठ्याक्कै उल्टो काम गरुम या वास्ता नै नगरुम जस्तो लाग्छ। कसैले बोल्यो भने जिब्रो थुत्दिम जस्तो लाग्छ।म तिर हेरेर अरु कसै संग कुरा गरेको देख्दा मेरै कुरा काटेर बसेको जस्तो लाग्छ। अनि झन रिस उठ्छ। 

डाक्टर साहेब ! मलाई के भएको हो। तपाईं संग मैले यति भने। अरुलाई हो भने त अहिले सम्म भुत्ल्याइ सक्थें होला। तपाईंले मेरो कुरो सुन्नु भयो। तर अरुले मेरो कुरो नै सुन्दैन र बुझ्दैन पनि, के गर्ने ? यस्तो जीन्दगी कसरी बांच्ने? 

आफ्नो परिवारमा यस्तो व्यवहार देख्नु भएमा मनोचिकित्सक संग सल्लाह लिएर, मनमा आएका कुराहरु शेयर गर्न सघाउनु पर्छ। अहिले कोरोनाको संक्रमणले गर्दा एकान्तबासमा बस्नु पर्दा र दिनभरी कोरोनाको समाचार सुन्दा सुन्दा संसारभर मानसिक बिरामीको समस्या बढेकोछ।

(नोट: एक जना बिरामीले मनोचिकित्सक संग गरेको बार्तालापमा आधारित कथा हो कसै संग मिल्न गए संयोग मात्रै हुनेछ)


No comments:

Post a Comment