Grab the widget  Get Widgets

Monday, 17 February 2025

स्पेसल स्याण्डवीच

स्याण्डवीचको स्वाद

एकदिन दिउँसो साथीले भन्यो, "ओइ, एकदम जब्बर च्या घर भेट्या छु, त्यता गएर च्या खाम न! र मज्जाले केही स्पेसल पनि खाऔं न!" म पनि फोकटमा पाउँदा किन छाड्नु, "ल, जाम!" भनें।

चिया पसल भब्य सजाएको, भित्तामा गज्जबको सजावत, कुर्सी सबै बांसबाट बनेको अर्गानिक । अनि चिया अर्डर गरियो, तर साथीको चित्त बुझेन। "साँच्चै अलिकति चपाउने नि खानुपर्छ!" मैले पनि भनें, "ठिक छ, तेरो सरसल्लाह अनुसार खाने भए, खाम न त! तर स्पेसल नै खाम!"

साउनी!, तपाईंको रेस्टुराँमा स्पेसल डिस के छ? 

साउनी: "हाम्रो स्पेसल चीज स्याण्डवीच एकदमै दमदार छ!"
मैले सोधें, "एकदम स्पेसल नै हो त?"
साउनी: "हो नि! चाखेर हेरिहाल्नुस्!"

ल ठिक छ भन्दै अर्डर गरियो। कुरियो, धेरै बेर कुरियो। बल्ल बल्ल आधा घण्टापछि एउटा प्लेट आयो। हेर्दा लाग्यो—"बर्षौंको तपस्यापछि साक्षात्कार भएझैं!"

प्लेटमा दुई टुक्रा सेकेको पाउरोटी राखिएको थियो। बीचमा २-४ टुक्रा भेंडेखुर्सानी, मसिनो गांजर, गोल्भेंडा, अनि चीजका टुक्राहरु राखेर आगोमा डामेर ल्याएछ। 

मैले साउनीलाई सोधें, "साउनी, स्पेसल भनेको यही हो?"
साउनी: "हो, दाई! यही हो त हाम्रो सिग्नेचर डिश हो!"

२५० रुपैयाँ प्रती गोटा गरि ५००/-रुप्पे तिर्दा लाग्यो—चार टुक्रा सेकेको पाउरोटीलाई पो स्पेसल स्याण्डवीच भन्दो रछ। त्यस्का बाजे स्याण्डवीच स्पेसल हो कि बिल?" म त बहुते कन्फुजियामा परें।

साथीले स्याण्डवीचको एक टुक्रा मुखमा हालेपछि सुस्तरी भन्यो, "माफ गर है पासा! अबदेखि 'स्पेसल' अर्डर गर्नु अघि साइज र क्वान्टिटी राम्रो संग बुझ्नेछु।"

मैले चियाको गिलास उठाएँ र साउनीलाई सोधें— "साउनी! यो चिया पनि आगोमा सेकेको दुधवाला हो?"

साउनी मख्ख परिन् । हाम्रो पैसा झ्वाम पारिन। चार टुक्रा पाउरोटीको पान सय। सपना हो कि बिपना, भाउन्न भो। अस्तु।

No comments:

Post a Comment