रातको पैसा
पार्टीको माहोल रंगिएको थियो, तर मेरो जिन्दगी झन् रंगीन भयो, जब एक अपरिचित महिलाले मेरो अगाडि उभिएर हल्का मुस्कानका साथ उनले भनिन्,“तपाईंलाई फेरि भेट्न पाउँदा कति खुसी लाग्यो! अघिल्लो शनिबार पोखरामा बिताएका ती मधुर क्षणहरू सम्झनुभएको छ?”
मेरो मन भित्र चसक्क भएको महसुस गरेँ। पोखरा? कहिले? किन? र कोसँग?
अनि पोखराको सरांगकोटमा हामी दुई जना बसेको बिर्सियो? रातभर मलाई सुत्न नदिएर! हल्ला गरेर!
मेरो टालु सुक्यो? टाउको भाउन्न भयो। मेरी श्रीमतीले गोलभेंडा जस्तो रातो आँखा पारेर आँखा तर्यो।
"ह्याँ! तिमी पोखरा गएका थियौ? कहिले?
त्यो महिलाले भनिन, अस्ति शनिबार। श्रीमती तिर हेर्दै, अनि उहाँ को नि? मैले त चिनिन नि!
मैले भनेँ, "चिन्न त मैले पनि तपाईंलाई चिनिन नि, उहाँ चैं मेरी अर्धाङ्गीनी। माफ गर्नु होला अस्ति शनिबार म पोखरा गएको छैन। म त मेरै श्रीमती संग घरमै थिएँ।"
अब त्यो महिलाले निधार खुम्च्याउँदै भनिन्, “ओहो! तर तपाईं जस्तै देखिने एक जना सज्जनले मलाई पैसा दिएर सहयोग गर्छु भन्नु भएको थियो, आजको भोजमा। मैले त उहाँ नै सम्झेर कुरा गर्न आएको। माफ गर्नुस है!”
श्रीमतीले गहिरो सास फेर्दै मेरो कानतिर झुकेर भनिन्, "धन्न बूढो! अस्तिको शनिबार पोखरा गाको भए तिमी त खत्तम हुने रैछौ, हगी?" अस्तु।
No comments:
Post a Comment