Grab the widget  Get Widgets

Thursday 31 August 2017

स्यालको मासु

कुनै बेला एकादेशमा हवाई जहाजले धावनमार्गमा एउटा जनावरलाई ठक्कर दिएछ | जनावर ठहरै भएछ | जहाजको ठक्करले ठहरै भएको खबर थाहा पाउनासाथ् स्थानीयले त्यो जनावरलाई तुरुन्तै लिएर गएछन्  | नागरिक उड्डयनले चाल नपाउदै गाउलेले त्यो जनावर पोलेरै खाएछन |

त्यो धावनमार्गमा स्याल समय समयमा आएर गाउँको चल्ला पनि सखाप पार्ने रहेछ | त्यो स्याल संग रिस फेर्ने मौका यहि हो भनेर पक्का त्यहि स्यालहो भनेर कुखुरा चोर स्याललाई झ्याप्पै एकै छाक बनाएछन् | स्यालको मासुले के के रोग पनि निको हुन्छ भनेर अरुलाई चालै दिन हुन्न है हामी मात्रै खाम भनेर २-४ जनाले झ्याप पारेछन |

केहि दिन पछी धावनमार्ग रेखदेख गर्ने पाले दाइले गाउलेलाई खबर दिएछन्,| " केहि दिन देखि हाम्रो गाउँमा लुतो लागेको कुकुर हराएको छ, लास पनि भेट्टिएको छैन, के भो होला, खै ?" कतै मरेको भए गन्हाउन पर्ने, त्यो पनि छैन, कतै आर्को गाउँमा गएको भए पनि देखिनु पर्ने, त्यो पनि छैन, के हो, के हो ?

त्यो स्यालको मासु भनेर खानेहरु सबैको मुख हेर्न लायकको भयो |

पाले दाइले भने, "तिमीहरु सबैको मुख किन रातो भएको हँ ? कतै तिमीहरुले स्याल भनेर खाएको त्यै लुतो लागेको कुकुर त होइन?"

खाने मध्ये एकले भन्यो किन नहुनु पक्कै हो त्यहि कुकुर हो | थुक्क स्याल भनेर खाएको त लुतो लागेको कुकुर पो खाइएछ | अस्तु |