Grab the widget  Get Widgets

Sunday 3 May 2020

लकडाउनमा अभिभावक र सन्तानको बार्तालाप

आमा: होइन छोरा ! कति मोबाईल मात्रै हेर्छस? यस्सो घरको काममा पनि सघाई दे न। हेर त ! उ त्यो घरको बाबुले कति मजा संग काम गरेको छ। गमला गोडेको छ, फूलहरु कति मजाले फुलाएको छ। उ खेर गएको प्लास्टिकका बोटलहरुमा तरकारी फलाएको छ । कहिले पनि खेलेर बसेको पनि देख्दिन, मोबाईल चलाएर बसेको पनि देख्दिन । 

छोरा: अं, हो ! हो ! अनि त्यो घर कति ठूलो छ, नि ! हाम्रो जस्तो सानो घर हो र ! अनि त्यहाँ एयरकन्डिसन पनि छ । हाम्रोमा एउटा पंखा राखम भन्दा नि बर्षौं भैसक्यो, किन चाहियो भन्नू हुन्छ त। त्यो केटाले आइफोन चलाउँछ, म चै यहि थोत्रो एन्ड्रोइड। कति बर्ष भैसक्यो। एउटा लेटेस्ट किनम भन्दा नि दांतबाट पसिना आउँछ, तपाईंको !

आमा: अनि त्यो घरको कुरो गरेर साध्य हुन्छ त ? 

छोरा: त्यसो भए त्यो केटाको पनि किन कुरा गर्ने त?

बुबा: होइन हो छोरी! घरको काममा तिम्री आमालाई सघाउन हुन्न? दिनभर हा हा हि हि गरेछ। बसेछ। भोलि पोईको घरमा कसरी काम गर्ला खोइ !

छोरी: सबै मैले मात्रै गर्नु पर्छ ? त्यो तपाईंको छोरोले चाहिँ केही गर्नु हुन्न ? त्यो मोबाईल खेलेर बसे पनि पब्जी खेलेर बसे पनि कोठामै खाना पुर्‍याउन पर्ने, म एक्छीन साथीहरू संग कुरा गर्‍यो भने बाउ नि आमा नि कराउने ! हामी अहिले स्यानो बच्चा हो र ? देख्यो कि यो भएन, त्यो भएन, भोलि पोइको घरमा यसो होला, त्यसो होला मात्रै भन्छ्न। मोबाइलमा कुरा गर्दै हैन साथी! मेरो बा आमा मात्रै हो कि तिम्रो पनि ! यो बुढाबुढीहरुको काम नै यस्तै हो कि क्या हो ! संधै कचकच मात्रै गर्छ्न ।

उताबाट साथीको जवाफ्: ह्या ! तिम्रो मात्रै होइन ! हाम्रो पनि यस्तै हो! नाटक चली रहन्छ । यो त घर घरको कहानी हो नि !

बुबा, आमा: ट्वाँ !
अस्तु !

(अहिलेको समाज कतातिर जांदैछ ! पाठकबृन्दहरुले मनन गर्नु होला र समाज सुधारको लागि आफुले सक्ने सद्भाव देखाउन सबैमा अनुरोध छ।)

No comments:

Post a Comment