Grab the widget  Get Widgets

Monday 23 March 2015

साहशिक पर्यटन

नेपाल साहशिक पर्यटनको लागि गज्जबको क्रिडास्थल हो भन्दा अतिसयोक्ती नहोला । सन् १९५० मा मरिस हर्जोग र लुइस लाचनेलले पहिलो पटक ८०९१ मि. अग्लो अन्नपूर्ण हिमालको सफलता पूर्बक आरोहण गरे पछि बिश्व मानचित्रमा अङ्कित नेपाल एक पछि आर्को गर्दै पचासको दशकमा ८ हजार मिटरका उचाइका हिमालहरुमा मानवीय पाइला पुगेपछि नेपाल पर्वतारोहणको लागि प्रख्यात रह्यो । साठी वर्षको अन्तरालमा पनि नेपालले आफ्नो ख्याति कायम नै राखेको छ । साथै नेपालमा नयाँ नयाँ साहशिक खेलहरुको प्रवेश पनि भएको देखिएको छ ।

पर्वतारोहण, पदयात्रा, जल बिहार (Rafting), नौका बिहार (Canoeing), बन्जी, क्यान्योनिङ (Canyoning), जङ्गल यात्रा, हाइकिङ, घासे चढाई (Bush Hiking), खोला यात्रा (River Hike), चट्टान चढाई (Rock Climbing), साइकल यात्रा, डोरि यात्रा (Zip line), पाराग्लाइड, अल्ट्रालाइट, पानी बल, आदि इत्यादि साहशिक खेलहरु नेपालमा मज्जाले बिकास भएको देखिन्छ ।

पोखरा भने साहशिक खेलको लागि मैदान नै साबित भएको छ । काठमाडौमा भने शिवपुरी राष्ट्रिय निकुञ्जमा साइकल यात्रा, नागर्जुनमा चट्टान चढाई, सुन्दरीजलमा क्यान्योनिङ, घासे चढाई, खोला यात्रा गर्न सकिन्छ ।

बिदेशमा बस्ने नेपालीहरु नेपालमा आउँदा विशेष गरि जल बिहार, बन्जी, पाराग्लाइडिङ गर्ने चलन बढ्दै गएको छ । हालै नेपालमा नेपालीहरुमा पनि साइकल यात्रा र क्यान्योनिङ खेलमा आकर्षण बढ्दै गएको देखिन्छ ।

तपाईं पनि यी साहशिक खेलहरु खेल्ने बिचार गर्दै हुनु हुन्छ तर कता सम्पर्क गरौं भनि सोच्दै हुनुहुन्छ भने info@tripitakholidays.com र info@canyoninginnepal.com मा सम्पर्क गर्न सक्नुहुन्छ । अस्तु ।