Grab the widget  Get Widgets

Wednesday 16 December 2015

प्रबिधि सिकाउन पर्छ ।

सरकारले घर बनाइदिने, खाना दिने जस्ता कुराको पछि लागेर भुकम्प पीडितहरु आस गरेर बसेर केही हुने वाला छैन ।

सरकारले त नीति निर्माण गर्‍यो, प्रभावकारी ढंगले कार्यान्वयन भएन भनेर सरकारलाई नै दोष  लगाएर पनि काम छैन । स्थानीयबासिहरु नै अग्रसर हुनु पर्छ ।

पुरानै प्रबिधी भन्दा नयाँ प्रबिधी अनुसार घर बनाउने, फोहोरमैला ब्यबस्थापन, खेतबारीमा काम गर्ने तरिका सिकाउन सरकारले तालिमको ब्यबस्था गर्नु पर्छ ।

सौर्य उर्जा, बायो ग्यास, बैकल्पिक उर्जाका प्रबिधिलाई प्रोत्साहन गरी दीगो ब्यबस्थापन गर्न पनि सिकाउनु पर्छ ।

अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कस्ले गर्ने ? संधै आर्काको भर कतिन्जेल बस्ने ?

Wednesday 2 December 2015

Namobuddha