Grab the widget  Get Widgets

Monday 4 January 2016

नयाँ बर्ष २०१६

नयाँ बर्ष २०१६ (इस्वी सम्बत)  

नयाँ बर्ष त कति हो कति हाम्रो नेपालमा | तैपनि अन्तराष्ट्रिय सम्बत मनाउने भनेर अनेक नाटक गर्छौं हामी | आफ्नो संकारको अलावा कमसेकम हामीले बाहिरकै भए पनि एउटा संस्कार सिक्ने जान्ने मौका पाएका छौं | कमसेकम शुभकामना आदान प्रदान गरेर भए पनि आफन्तलाई सम्झने कामको निरन्तरता दिने गरेकै छौं | यो राम्रै लाग्छ मलाई पनि | शिष्टाचार आदान प्रदान पनि सामाजिक प्राणीको अभिन्न अंग नै हो |

सबै नयाँ बर्षहरुमा हाम्रा नेताहरुले शुभकामना दिएकै हुन्छन | खुशी लाग्छ | तर बिहान बेलुकी खाना पकाउने बेलामा ग्यास नहुँदा, नुहाउने बेलामा पानी नहुँदा, काम गर्ने बेलामा बिजुली नहुँदा, कतै जान खोज्दा सवारीसाधनमा इन्धन नहुँदा भने यो देशमा किन जन्मिए होला जस्तो पनि लाग्छ |

यति हुँदा हुँदै पनि हामीले यो देशको शासन चलाउने सरकार भन्ने के कुन्नी लाई हामीले गाली गर्न पनि सकेका छैनम | बिचरा भनेर छाडेका छम् |

लाग्छ हामी सबै जनताहरु लाटो र यो देशhका शासकहरु गांडो | भन्छन नि लाटो देशमा गांडो तन्नेरी | यो उखाने बाजेलाई ठ्याक्कै मिल्छ |

नयाँ सालमा नयाँ काम सुरुवात गर्न आधारभूत कुरा नै ब्यबस्था गर्न नसके पछि के का लागि यो प्रधान मन्त्री, छ छ जना उप प्रधानमन्त्री चाहियो ? हाम्रो अर्थतन्त्रले नै धान्न नसक्ने गरेर पाल्नु पार्ने ?

नयाँ उखान टुक्का चाहिएको छैन हामीलाई प्रधानमन्त्री ज्यू | नयाँ सोचमा काम गरोस सरकारले | 

हाम्रो शुभकामना छ सबैलाई | अस्तु | 

भवतु सब्ब मङ्गलम |

No comments:

Post a Comment