04 May 2026
18 December 2025
सुकु भ्वय: ( Suku Bhwaya)
भोज कि विज्ञान? नेवारी 'सुकु भ्वय:' को स्वादिलो यात्रा र पर्यटनको सम्भावना
लेखक: विनय शाक्य
आज म तपाईंहरूलाई
एउटा यस्तो यात्रामा लैजाँदैछु, जहाँ स्वाद
मात्र छैन, एउटा गज्जबको विज्ञान पनि लुकेको छ। हामीले सधैं
खाँदै आएको 'नेवारी भ्वय:' (भोज) लाई
पश्चिमा देशको 'थ्री-कोर्स मील' (3-Course Meal) सँग दाँजेर हेर्नुभएको छ? छैन भने, आउनुहोस् आज यसको भित्री रहस्य खोलौँ।
१. सुकुलमा बस्नुको रहस्य: पलेँटी आसनको विज्ञान
भोजमा छिर्नेबित्तिकै
हामी कुर्सीमा होइन, परालको सुकुलमा पङ्क्तिबद्ध
भएर बस्छौँ। यसरी भुइँमा पलेँटी कसेर बस्नुको एउटा ठूलो वैज्ञानिक कारण छ। जब हामी
पलेँटी कसेर बस्छौँ, हाम्रो मेरुदण्ड सिधा हुन्छ र शरीरमा
शान्तिको अनुभूति हुन्छ। यो आसनमा बस्दा हाम्रो पेटका मांसपेशीहरू खुल्छन्,
जसले गर्दा पाचन रस (Digestive Juices) हरू
राम्ररी निस्कन पाउँछन्। कुर्सी-टेबलमा भन्दा सुकुलमा बसेर खाँदा पेटले बढी आराम
पाउँछ र खाना पाचनको प्रक्रिया बस्दाबस्दै सुरु भइसकेको हुन्छ।
२. समयबजी (The Starter)
जब हामी भोजमा बस्छौँ,
सबैभन्दा पहिले आउँछ, समयबजी। पश्चिमा संस्कृतिमा यसलाई 'स्टार्टर' भनिन्छ। चिउरा, छोइला,
कचिला, भटमास, आलु, अदुवा
र बोडी जस्ता परिकारले हाम्रो भोकलाई जगाउने काम गर्छ। यसले हाम्रो पाचन
प्रणालीलाई अब 'भारी खाना' आउँदैछ है
भनेर संदेश पठाउछ र भारी खाना खानको लागि मानसिक रुपले तयार पार्छ।
३. मुख्य खाना र पाचनको सहयात्री: पाउँ क्वा: (The Main Course)
समयबजीपछि सुरु हुन्छ
मुख्य भोज अर्थात् 'भ्वय:'।
थरीथरीका गेडागुडी, सागसब्जी र मासुका टन्नै
परिकारले हाम्रो पात भरिन्छ। तर, यो भोजको एउटा 'सीक्रेट' छ, बीच-बीचमा ल्याइने 'पाउँ क्वा' (लप्सीको तातो सुप)। यसमा हालिएको हिंग
र बिरेनुनले खानालाई पचाउन जादु जस्तै काम गर्छ। जतिसुकै 'हाई
क्यालोरी' खाना भए पनि हिंगको सुगन्ध र बिरेनुनको गुणले
पेटलाई हलुका बनाउँछ। त्यसैले त हाम्रा पुर्खाहरूले बीच-बीचमा सुप खाने चलन बसाएका
रहेछन्!
४. अन्तिममा सन्तुलन: नेगेटिभ डाइट (The Dessert &
Negative Diet)
भोजको अन्त्यमा दही र
मिठाई त सबैले खान्छन्। तर नेवारी भोजमा एउटा अनौठो र वैज्ञानिक चलन छ, 'सिसापुसा'। यसमा काँचो मुला,
भिजाएर टुसा पलाएको केराउ र मौसम अनुसारको फलफूल दिइन्छ। यसलाई
आधुनिक पोषण विज्ञानको भाषामा 'Negative Diet' भन्न
सकिन्छ। काँचो मुला र टुसाएका गेडागुडीमा हुने इन्जाइम र फाइबरले अघि खाएको चिल्लो
र भारी खानालाई सन्तुलनमा ल्याउँछ। "अन्तिम सम्म भोज खानुपर्छ" भन्ने
हाम्रो परम्परा त्यसै बनेको होइन रहेछ, यसको त ठूलो
स्वास्थ्य लाभ रहेछ।
भोज पर्यटन: अबको
बाटो
हाम्रो यो विशिष्ट भोजलाई केवल पेट भर्ने माध्यम मात्र नबनाएर 'भोज पर्यटन' (Feast Tourism) को रूपमा विकास गर्न सकिन्छ। सोच्नुहोस् त, यदि हामीले विदेशी पर्यटकहरूलाई सुकुलमा बसाएर, प्रत्येक परिकारको गुण र वैज्ञानिक महत्त्व सम्झाउँदै स-शुल्क भोज खुवायौँ भने कस्तो होला?
यसले दुईवटा फाइदा हुन्छ:- आर्थिक समृद्धि: स्थानीय समुदायले पर्यटकलाई भोजमा सामेल गराएर सिधै
आर्थिक लाभ लिन सक्छन् र आत्मनिर्भर बन्न सक्छन्।
- परम्पराको संरक्षण: जब हाम्रो संस्कृतिले पैसा र सम्मान दुवै कमाउन
थाल्छ, तब नयाँ पुस्ताले पनि
यसलाई गर्वका साथ अंगाल्ने र जोगाउने छन्।
नेवारी भोज केवल खाना होइन, यो त एउटा जिउँदो संग्रहालय, जीवन शैली र विज्ञानको संगम हो। अर्को पटक भोज खाँदा यी कुराहरूलाई तपाईले पनि पक्कै सम्झिनुहोला है! अस्तु|
17 December 2025
16 December 2025
नेपालमा 'स्लीप टुरिजम' (Sleep Tourism in Nepal):
नेपालमा 'स्लीप टुरिजम' (Sleep Tourism): अबको गन्तव्य डिजिटल कोलाहलबाट मुक्ति
– विनय शाक्य, पर्यटन प्रशिक्षक
आजको २१औँ शताब्दीको डिजिटल दुनियाँमा विश्व दौडिरहेको छ। प्रविधिको विकासले संसारलाई साँघुरो त बनायो, तर मानिसको मनलाई भने अशान्त बनाइदिएको छ। पैसा र सफलताको पछि लाग्दा मानिसको जीवनशैली नै अस्तव्यस्त भएको छ। दिनमा चैन छैन र रातमा निद्रा छैन। विश्व स्वास्थ्य संगठनका अनुसार 'अनिद्रा' (Insomnia) र मानसिक तनाव अहिलेको विश्वव्यापी समस्या हो। जसलाई म "डिजिटल दुनियाँको रोग" भन्न रुचाउँछु।
यस्तो अवस्थामा, नेपालले विश्व पर्यटन बजारमा एउटा नौलो र नितान्त आवश्यक प्रडक्ट पस्कन सक्छ, त्यो हो– "Sleep Tourism" (निद्रा पर्यटन)।
नेपाल नै किन?
संसारका ठूला सहरहरूमा मानिसहरू निदाउनका लागि औषधिको सहारा लिइरहेका छन् वा 'स्लीप एप' (Sleep Apps) हरूको प्रयोग गरिरहेका छन्। तर, हामीसँग प्राकृतिक चिकित्सा छ, प्रकृति छ। हाम्रो देशका अति दुर्गम जिल्ला वा गाउँबस्तीहरू, जहाँ अहिले सम्म पनि इन्टरनेटको पहुँच पुगेको छैन वा निकै कम छ, ती ठाउँहरू नै यो व्यवसायका लागि 'मुख्य गन्तब्य' हुन्।
हामीले "यहाँ वाइ-फाई (Wi-Fi) छैन, तर कनेक्सन (Connection) राम्रो छ" भन्ने सन्देश दिन सक्नुपर्छ। त्यो कनेक्सन वाईफाईको होइन, प्रकृतिसँगको हो, आफैँसँगको हो र स्थानीय संस्कृतिसँगको हो।
प्रकृति, संस्कृति र पुनर्जागरण (Healing)
मेरो विचारमा 'स्लीप टुरिजम' भनेको महँगा होटलको नरम बिछ्यौनामा सुत्नु होइन। यो त एउटा समग्र प्याकेज हो।
१. डिजिटल डिटक्स (Digital Detox): मोबाइल र ल्यापटपको 'ब्लु लाइट' बाट टाढा, जहाँ घडीको टिक-टिक होइन, चराचुरुङ्गीको आवाज र खोलाको सुसाहटले बिहान हुन्छ।
२. अर्गानिक जीवनशैली: गाउँघरमा फलेको विषादीरहित खाना, कोदोको रोटी, सिस्नुको खोले र स्थानीय जडीबुटीको चिया। यसले शरीरका विकारहरू हटाउन मद्दत गर्छ।
३. ध्यान र योग: हाम्रा डाँडापाखाहरू आफैँमा तपोभूमि हुन्। बिहानको कलिलो घाममा गरिने योग र ध्यानले मनको तनावलाई पखाल्छ।
दिगो पर्यटन र ग्रामीण अर्थतन्त्र:
यो अवधारणा वातावरणमैत्री (Eco-friendly) पर्यटनसँग सिधै जोडिन्छ। यसका लागि हामीले ठूला कंक्रिटका भवनहरू बनाउनु पर्दैन। गाउँका पुराना घरहरूलाई मर्मत सम्भार गरी (Reuse & Recycle), स्थानीय स्रोत साधनको प्रयोग गरेर होमस्टेको रूपमा विकास गर्न सकिन्छ। यसले दुर्गम गाउँमा आर्थिक उपार्जन मात्र गराउँदैन, हाम्रो मौलिक संस्कृति र परम्पराको संरक्षणमा पनि टेवा पुर्याउँछ।
निष्कर्ष:
हाम्रा ती दुर्गम गाउँहरू, जसलाई हिजोसम्म हामी 'विकट' भनेर दु:ख मनाउ गरेका थियौं, अब तिनै ठाउँहरू विश्वका सबैभन्दा विलासी मानिसहरूका लागि 'स्वर्ग' साबित हुन सक्छन्। जो मानिस पैसाले किन्न नसकिने 'शान्ति' र 'गाढा निद्रा' को खोजीमा छन्, उनीहरू नै हाम्रा पाहुना हुन्।
नेपालले अब हिमाल मात्र होइन, 'शान्ति र निद्रा' पनि बेच्नुपर्छ। आउनुहोस्, नेपाललाई विश्वको "Sleep Capital" (निद्राको राजधानी) को रूपमा चिनाऔं। अस्तु |
13 December 2025
नेपाल: पर्यटनको लागि प्राकृतिक डिस्नेल्याण्ड (Nepal Natural Disneyland)
यदि कसैले तपाईंलाई सोध्यो, “डिस्नेल्याण्ड कहाँ छ?” तपाईंले हाँस्दै भन्न सक्नुहुन्छ, “हं हं, कहाँ हुनु नि! नेपालमा।” किनभने यहाँ मिकी माउस त छैन, तर हिमाल, पहाड, जंगल, नदी, संस्कृति र साहसिक अनुभवको यस्तो मिश्रण छ, जुन संसारका कुनै पनि थिम पार्कले नक्कल गर्न सक्दैन।
नेपालमा बिहान आँखा खोल्ने बित्तिकै सुन्दर हिमाल मुस्कुराइरहेको देख्न सकिन्छ, दिउँसो जंगल सफारीमा गैंडा र बाघसँग आँखा जुदाएर बस्न सकिन्छ र बेलुकी स्थानीय समुदायको परिकार खाँदै सांस्कृतिक नाच हेर्न पाइन्छ। यो त एउटै टिकटमा धेरै खेल खेल्न पाइने डिस्नेल्याण्ड जस्तो भयो, होइन र?
यहाँको ट्रेकिङ ट्रेलहरू रोलर कोस्टर भन्दा कम छैनन्। कहिले उकालोमा सास रोकिन्छ, कहिले ओरालोमा घुँडा दुख्छ। तर गन्तव्य मा देखिने दृश्यले सबै थकान एक निमेशमा नै बिर्साइदिन्छ। साहसिक पर्यटकका लागि र्याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ जस्ता गतिविधि छन्, जहाँ डर र मज्जा सँगसँगै आउँछन्। डर लाग्यो भने डराउनु पर्दैन, नेपालमा डर पनि रमाइलो हुन्छ।नेपालको अर्को विशेषता भनेको यहाँका मानिसहरू हुन्। यहाँका मुस्कान निःशुल्क छन्, आतिथ्य हृदयबाट आउँछ, र “अतिथि देवो भव:” व्यवहारमा अझै लागू हुन्छ। कहिलेकाहीँ बाटो कता हो? भनेर गाउँमा सोध्दा पनि चिया खाएर जानुस् भने पछि चिया खान बस्नुपर्छ, यो गज्जबको आतिथ्य र बोनस सुविधा हो।
प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र मनोरम अनुभव खोज्ने यात्रुका लागि नेपाल केवल गन्तव्य होइन, जीवनभर सम्झन लायक अनुभव हो। यदि तपाईं कृत्रिम मनोरञ्जनबाट वाक्क दिक्क हुनुहुन्छ र प्रकृतिसँगै रमाइलो गर्न चाहनुहुन्छ भने, नेपालको यात्रा तपाईंको लागि सही छनोट हो।
आउनुस्, तपाईं जुन देशमा बस्नु भए पनि आफ्नो पुर्ख्यौली देश सम्झेर तपाईंका साथीहरु लिएर नेपालको यो प्राकृतिक डिस्नेल्याण्ड घुम्न आउनुस। यहाँबाट फर्किँदा तपाईंको क्यामेरामा फोटो मात्र होइन, मन भरी आतिथ्यका सम्झनाले भरिएको पाउनु हुनेछ। अस्तु।
28 August 2025
Sleep Tourism
The Rise of Sleep Tourism and Nepal's Potential
Tranquil Environment: Away from urban noise and light pollution, offering natural serenity.Comfort-Centric Accommodation: High-quality bedding, effective soundproofing, and complete darkness.Wellness Infrastructure: Spa facilities, meditation spaces, and areas for gentle physical activity like yoga.Expert Guidance: Access to sleep specialists, therapists, and nutritionists.Mindful Cuisine: Menus featuring ingredients known to promote relaxation and sleep.Digital Detox Options: Encouraging guests to disconnect from screens.
Enhanced Well-being: Guests return feeling refreshed, with improved sleep habits.Unique Market Niche: Attracts a specific segment of travellers seeking health-focused experiences.Higher Revenue Potential: Premium services and extended stays often command higher prices.Sustainability Focus: Often aligns with eco-tourism by promoting serene natural environments.Education: Teaches guests valuable lifelong sleep hygiene practices.
High Setup Costs: Requires significant investment in specialized amenities and expert staff.Niche Market: While growing, it’s still a smaller segment compared to traditional tourism.High Expectations: Guests expect perfect conditions and measurable improvements in their sleep.Marketing Challenge: Communicating the value of "doing nothing" can be tricky.
Strengths: Natural Serenity: Unparalleled tranquil mountain landscapes, pristine air, and a slower pace of life.Wellness Heritage: Deep-rooted traditions in yoga, meditation, and Ayurveda.Spiritual Ambience: Ideal for introspection and mental calm, conducive to sleep.Unique Cultural Immersion: Offers a distinctive experience beyond just sleep.
Weaknesses: Infrastructure Gaps: Limited high-end, purpose-built sleep wellness resorts outside major cities.Connectivity: Access to truly remote, tranquil areas can be challenging.Awareness & Marketing: Lack of global recognition for Nepal as a sleep tourism destination.Trained Personnel: Shortage of specialized sleep therapists and wellness coaches.
Opportunities: Differentiate Tourism: Diversify beyond adventure tourism, appealing to a new demographic.Luxury Market: Tap into the high-yield wellness tourism market.Community Involvement: Create jobs and promote sustainable local economies in rural areas.Partnerships: Collaborate with international wellness brands and sleep experts.
Threats: Competition: Other countries are already establishing themselves in the wellness tourism space.Environmental Degradation: Risk of over-development if not managed sustainably.Maintaining Authenticity: Balancing Modern Amenities with Traditional Charm.Economic Instability: Potential impact on investment and growth.
Vinaya Shakya,
Travel Consultant
30 July 2025
"साउबाको आइडिया"
एक दिन साहुजीले नयाँ प्रस्ताव ल्याए – “अबदेखि तिमीहरू एक दिन पसल आउ, अर्को दिन बिदा। आराम पनि चाहिन्छ नि! आलो पालो गरि पसल हेर्ने, अब अफ सिजन पनि भो। काम पनि धेरै छैन, तिमी आएको दिन उ आउन पर्दैन, उ आएको दिन तिमी आउन पर्दैन।"
काले रमाइलो स्वभावको मान्छे, मुस्काउँदै सोध्यो, “अनि तलब चैं महिना भरकै?”
साहुजी आत्तिए! "तेस्का बाजे! मलाई बौलाहा कुकुरले टोकेको छ र, काले? नआएको दिन को पनि तलब बाँड्छ कसैले, त्यो पनि मैले, आफ्नै कपडा किन्दा त कमिसन लिन्छु मैले पसलाँ बुझिस? आएको दिनको तलब दिइन्छ। बिदा भएको दिन त तलब हुने कुरै भएन। त्यत्ती पनि बुझ्दैनस लाटा?”
गोरे कर्मचारी गम्भीर हुँदै: “अनि महिनामा त चार टा शनिबार पनि त हुन्छ नि साउबा?”
“हो त! त्यो त आरामको लागि हो,” साहुजीले ढुक्क संग भने।
“त्यो आराम चै तलब सित कि तलब बिना?” काले कर्मचारीले आँखा झिम्काउँदै सोध्यो।
“काम नगरेसी दाम किन?” साहुजीले अर्थशास्त्र पढाए जस्तो गर्वले भने।
गोरे कर्मचारी अब झन् गम्भीर हुँदै बुझ्ने कोशिश गर्दै: “त्यसो भए महिनामा ४-५ शनिबार कट्टी हुंदा २५ दिन बांकी हुन्छ, त्यसमा एकदिन आउने एक दिन नआउने गर्दा जम्मा १२ दिन काम गरे पुग्ने भयो र तलब पनि १२/१२ दिनको मात्र हुने भो होइन त साहुजी?”
“हो, बल्ल बुझ्यो, गोरेले। काले! तैंले पनि बुझिस होला नि ! जुन दिन काम गरियो, त्यो दिनको दाम पाइयो – हिसाब र पिसाब भनेको सफा हुनु पर्छ, नत्र हिसाब बिग्रे सम्बन्ध बिग्रन्छ, पिसाब बिग्रीए मिर्गौला!”
दुबै कर्मचारीले हातमा औंला गन्दै भन्यो, “अनि महिनाभरमा तं र म मिलेर काम चैं सबै गर्ने, अनि दाम चैं १२/१२ दिनको पाइने भो होइन त पासा? साउबाले त गज्जबको आइडिया निकाल्नु भएछ। आधा लगानी, दोब्बर फाइदा!”
“होइन हो,” साहुजी अलिक हडबडमा परे।
“अनि के हो त, साउबा?” कालेले कर्मचारी ठट्टात्मक मुस्कानसहित भन्यो, “साहुजी, यस्तो राम्रो प्रस्ताव’ तपाईं नै राख्नुस्, फाइदा पनि तपाईंले नै खानुस्! हामलाई फुर्सद छ, त्यस्को मतलब तपाईंलाई जुन बेला मन लाग्छ काममा लगाउने! मन नलागेसी धपाउने हो भने ज्यालादारीमा कामदार खोज्नुहोला। तपाईंलाई कर्मचारी होइन र छ, ज्यालादारी मान्छे फिट हुन्छ। हुन त कर्मचारी भनेको तपाईंको लागि खल्तीमा राखेको खैनी जस्तो रैछ, जुनबेला चाहियो त्यो बेला खानी! त्यो चै हामी हुन सकिन है। तपाईंको प्रस्ताव तपाईलाई नै दिएम। हामी त बरु घरमै खेती किसान गरम्ला, लौ दुई हात जोडेरै, नमस्कार!”
काले र गोरे दुबैजना गाउँ फर्के। साउजी कर्मचारीहरुको ताल देखेर "आजकाल भलोको जमाना नै रहेन", भन्दै आफै पसलको रेखदेख गर्दै बसे। अस्तु।
साउबाको आइडिया कस्तो लाग्यो? कमेन्टमा लेख्नुस है!
26 March 2025
Agro Tourism: A Closer Look
- Cultural Immersion:
Visitors can experience traditional Nepalese culture, customs, and festivals. - Natural Beauty:
Nepal's stunning landscapes, from the Himalayas to the Terai, provide breathtaking backdrops. - Agricultural Diversity:
The country's diverse climate and topography support a wide range of agricultural activities. - Authentic Experiences:
Visitors can participate in farming activities, learn about local produce, and savor farm-to-table cuisine.
- Farmers: Small-scale farmers can offer tours, accommodations, and farm experiences.
- Agricultural Cooperatives: Cooperatives can organize group tours and activities.
- Rural Homestays: Families living in rural areas can welcome visitors into their homes.
- Agritourism Businesses: Dedicated agritourism businesses can provide specialized experiences.
- Increased Income: Agro tourism can generate additional income for farmers and rural communities.
- Job Creation: It can create new jobs in tourism-related sectors.
- Community Development: Agro tourism can contribute to the development of rural areas.
- Cultural Preservation: It helps preserve traditional agricultural practices and cultural heritage.
- Environmental Awareness: It promotes environmental sustainability and conservation.
- Infrastructure Challenges: Rural areas may lack adequate infrastructure for tourism, such as transportation and accommodations.
- Seasonal Fluctuations: Tourism can be seasonal, affecting income stability.
- Competition: There may be competition from other tourist destinations.
- Cultural Sensitivity: It's important to be mindful of cultural sensitivities and avoid exploitation.
- Basic Amenities:
Farms should have basic amenities like clean water, sanitation, and comfortable accommodations. - Hospitality:
Hosts should be welcoming and knowledgeable about their farm and the local area. - Safety:
Safety measures should be in place to protect visitors and staff. - Legal Compliance:
Businesses should comply with local laws and regulations. - Marketing:
Effective marketing is essential to attract visitors.
Travel Consultant
18 September 2024
कृषि पर्यटन
17 September 2024
हाइकिङ किन जाने? (Why Hiking?)
16 September 2024
नेपालमा होमस्टे
25 August 2021
Canyoning: Feel the difference
Have you ever been to play with the spring water? If no? This article is for you. If yes! Try Sundarijal canyoning.
29 July 2021
16 November 2017
Food Tour in Nepal
If you are foodies and like to taste Nepali food, here I like to mention few. There is saying in Nepal "Dal Bhat Power, 24 Hour". Rice and lentil gives you energy for 24 hours. As almost all Nepali love to eat dal bhat with vegetables and pickles each and every meal every day. And this is a balanced diet for all people survive in Nepal. This diet has carbohydrate, protein, minerals, vitamins. This is also known as "Nepali Khaana"14 July 2014
Birthday in the sky, a family fly
Vinaya Shakya
#Birthdayinthesky
www.tripitakholidays.com
25 June 2013
रोपाईं पर्यटन
हाम्रा पाहुनाहरुलाई रोपारे, बाउसे, जोताहा भनेको के हो ? कस्तो काम गर्छन ? भनेर रोपाईंबारे अध्ययन गर्न खोज्ने र रमिता हेर्न इच्छा गर्नेहरुलाई अहिलेको यान्त्रिक युगमा पनि मानिसहरुले हाम्रो जस्तो विकासोन्मुख देशमा कसरी काम गर्दा रहेछन भन्ने अनुभव गर्ने सु अवसर प्रदान गर्न नभुल्नुस है | हाम्रा कृषकहरुलाई खेताला खोज्न पनि जानु परेन | बरु उल्टै पर्यटकसंग रोपाईं गरिदिए बापत केहि शुल्क लिनु पर्ला कि ! त्यो शुल्कले पर्यटक र कृषकहरुलाई खाजा खुवाई दिए सबै जना दङ्ग पनि पर्छन कृषकहरुको पनि भलो हुन्छ |
अरु बेलामा खेतालाहरूलाई पैसा पनि दिनु पर्ने खाजा पनि खुवाउनु पर्ने हुन्थ्यो भने यसपाली पैसा पनि कमाउने खेताला पनि पाउने काम गरे कसो होला ? यसलाई रोपाइँ पर्यटन भने कसो होला ? अस्तु |



