Grab the widget  Get Widgets

Tuesday 25 June 2013

रोपाईं पर्यटन

ओहो असारको पन्ध्र आइ पुगेछ | रोपाइँको काममा कृषक दाजुभाई हरु सबैजना ब्यस्त हुनु हुन्छ होला | हुनत कतिपय पर्यटन ब्यबसायीहरुले असार पन्ध्रको मज्जाले फाईदा उठाउने बिचार गर्नु भएको पनि होला | छैन भने अहिले नेपाल आएका पर्यटकहरुलाई धान रोपाईं देखाउने र धान रोप्न पनि दिने सोच बनाउनु भएको छ कि छैन ? छैन भने एकपल्ट विचार गर्ने हो कि ? एक दिनको कार्यक्रम त बनि हाल्छ नि !

हाम्रा पाहुनाहरुलाई रोपारे, बाउसे, जोताहा भनेको के हो ? कस्तो काम गर्छन ? भनेर रोपाईंबारे अध्ययन गर्न खोज्ने र रमिता हेर्न इच्छा गर्नेहरुलाई अहिलेको यान्त्रिक युगमा पनि मानिसहरुले हाम्रो जस्तो विकासोन्मुख  देशमा कसरी काम गर्दा रहेछन भन्ने अनुभव गर्ने सु अवसर प्रदान गर्न नभुल्नुस है | हाम्रा कृषकहरुलाई खेताला खोज्न पनि जानु परेन | बरु उल्टै पर्यटकसंग रोपाईं गरिदिए बापत केहि शुल्क लिनु पर्ला कि ! त्यो शुल्कले पर्यटक र कृषकहरुलाई खाजा खुवाई दिए सबै जना दङ्ग पनि पर्छन कृषकहरुको पनि भलो हुन्छ |

अरु बेलामा खेतालाहरूलाई पैसा पनि दिनु पर्ने खाजा पनि खुवाउनु पर्ने हुन्थ्यो भने यसपाली पैसा पनि कमाउने खेताला पनि पाउने काम गरे कसो होला ? यसलाई रोपाइँ पर्यटन भने कसो होला ? अस्तु |



No comments:

Post a Comment