Grab the widget  Get Widgets

Saturday 8 June 2013

कार्यालय समय र चियो चर्चा

कार्यालय समयमा हामीले कति समय काम गर्छौ भनेर कहिल्यै हिसाब गर्नु भएको छ? निजी कम्पनीहरुमा प्राय: गरेर कम्तिमा ८ घण्टाको कार्यालय अवधि तोकेको हुन्छ | बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म समय तोकेको अफिसमा कर्मचारीहरु ९ बजे बल्ल हाजिरी जनाउछन् | तर ५ बज्ने बित्तिकै नै कार्यालयको ढोका बाहिर पुगी सक्छन् |

९-५ कार्यालय समय भनेको मतलब त बास्तबमा ९ बजे काम शुरु गर्ने र ५ बजे सम्म काम गर्ने भनेको होइन र ? खै अहिले सम्म कसैले ख्याल गरे जस्तो  लाग्दैन | तपाईले याद गर्नु भएको छ ? अझ प्रशासनका कर्मचारीहरु त झन् चांडो आएर पुरा समय काम गरेर आफै उदाहरण बन्नु पर्ने जस्तो लाग्छ | कुनै कुनै कम्पनीमा प्रशासनका कर्मचारीहरुलाई नियम कानुन नै नलाग्ने पनि देखियो | 

कतिपय कर्मचारीले त कार्यालयलाई टाईम पास गर्ने ठाउँको रुपमा लिएको पनि भेटियो | आफ्नो आवश्यकताको लागि जागिर खाएको होइन कि अफिसको आवश्यकताको लागि जागिर खाइ दिएको जस्तो ब्यबहार गर्ने कर्मचारीहरु पनि देखियो | 

जुन सुकै जात, जाति, समाज, समुदाय, भूमिका, सुत्र, श्रोतबाट आए पनि कर्मचारीको रुपमा भर्ना भए पछी आफुले काम गर्ने कम्पनीको हितमा काम गर्ने बाचा गर्नु पर्छ | त्यो कम्पनीको नियम, नियमावली, अनुशासनको परिधि भित्र बस्नु पर्छ र कार्यालयले पनि अनुशासनको पालना गर्ने गराउने परम्परा बसाल्नु पर्छ | एक पटक कार्यालयमा भर्ति भैसकेपछि त्यो कार्यालयको प्रगति तथा फाइदाको लागि आफुले जानेको काइदाको काम गर्यो भने कर्मचारी र कम्पनी दुबै को भलो हुन्छ |

आफ्नो काम भन्दा अरुको कुरा काटेर बस्ने कर्मचारीहरुको जमात पनि कार्यालयमा कमि हुँदैन | आफ्नो जागिर बचाउन हाकिमको चाकडी, चुक्लि र चाप्लुसीको भरमा जागिर खानेहरु पनि भेटियो | आफ्नो काम छाडेर आफ्नै सहयोगी साथिहरुको कामको चियो चर्चा गरेर माथिल्ला हाकिमको कान भर्ने कर्मचारी पनि भेटियो | त्येस्तै कर्मचारी हाकिमको प्यारो र नजिकको कर्मचारी बनेको पनि देखियो | यस्ता कर्मचारीहरु कार्यालयको लागि केहि समयको लागि त राम्रै होला | तर कालान्तरमा भने काम लाग्दैन |

जुन दिन हाकिमले त्यस्ता कर्मचारीको असलियत थाहा पाउँछन् त्यो दिन त्यो कर्मचारी को खैरियत हुँदैन |

के तपाईले बास्तव मै ८ घण्टा काम गर्नु भएको छ ? कि छैन ? एक पल्ट हिसाब पो गर्ने हो कि ?

अफिस जाने बित्तिकै कति पटक फ्रेस हुन जानु हुन्छ ? चुरोट खान, खैनी खान, चिया खान, खाजा खान, कपाल कोर्न, लिपिस्टिक मिलाउन, व्यक्तिगत टेलिफोन गर्न, कति समय लगाउनु हुन्छ ? येस्सो एक पल्ट ख्याल गर्ने पो हो कि ? अर्काको कुरा काट्न कति समय खर्चनु हुन्छ ? तपाईले बास्तवमै कार्यालयलाई न्याय गर्नु भएको छ ? तपाइको कुरा काट्ने बानीले कसैलाई अप्ठेरो त परेको छैन ? भोलि गएर तपाई आफैलाई पनि असर पर्ला बेलैमा होस् पुर्याउने कि ?

एउटा कुरा के छ भने तपाइले कसैको कुरा काट्दै हुनुहुन्छ भने तपाइको पनि कुरा काट्नेहरुको कमि हुँदैन | सुन्ने मान्छेले अवश्य पनि अरुको अगाडी तपाइँ कै कुरा नकात्ला भन्न सकिदैन | त्यसैले विचार गर्नु होस् है |

चियो चर्चा छाडेर आफ्नो काम गरेर आफ्नो र अफिसको प्रगति को लागि अगाडी बढ्न पाए कसो होला ? एक पल्ट विचार गर्ने हो कि | अस्तु | 

No comments:

Post a Comment