Grab the widget  Get Widgets
Showing posts with label Celebration. Show all posts
Showing posts with label Celebration. Show all posts

30 May 2019

सगरमाथा दिवसमा मैले जे देखें ।

सगरमाथामा मानव पाइला टेकेको भनेर नेपालीहरु दङ्ग पर्दै नेपालमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालेको नि १२ वर्ष पुगेछ।

र्‍याली आयोजना गर्ने चलन र र्‍यालीमा भाग लिनको लागि टि सर्ट बाड्ने चलन पनि छ। जस्ले टि सर्ट सिलाएर बाँड्ने काम गर्छ, त्यस्को टाउको दुखाई चैं टि सर्ट बांड्ने बेलामा देखिन्छ। सुकिला मुकिला, सभ्य जस्ता देखिने, भद्र जस्ता देखिने, अफिसर जस्ता देखिने र्‍यालीमा भाग लिन आएकाहरु टि सर्ट नपाएको झोंकमा आयोजकलाई अपशब्द प्रयोग गरेर सम्मान गरेको नि देखियो। को रहेछ ? भनेर बुझ्दा त सरकारी कर्मचारी, अनि ट्राभल ट्रेडका भलादमी पनि भेटियो।

गज्जब छ बा! सरकारले दिएको तनखा नपुगेर हैन र्‍यालीको इज्जत बढाउन आएका महानुभाबहरुले टि सर्ट पाए पछि र्‍यालीमा नगइ सरासर गाडीमा टि सर्ट राखेको नि देख्न पाइयो। कति त सरासर घर तिर गएको पनि भेटियो। बिचराहरु र्‍यालीको टि सर्ट लिन कतिले गाडी चडेर, कतिले मोटरसाइकल चडेर, त्यो टि सर्ट लिएर घरमा सायद सजाउन लगेको दृश्य भने हेर्न लायक नै थियो। तर जो बिद्यार्थीहरु वास्तव मै स्वयंसेवक बनेर र्‍यालीमा भाग लिए, तिनीहरु चैं र्‍यालीको टि सर्ट बिना नै काम गरेको पनि देखियो।

यो विभिन्न कम्पनीका साहुजी, अनि भद्र भलादमीहरुको चर्तिकला चैं अचम्मै देखियो। जस्ले टि सर्ट पाएनन उनिहरुले कार्यक्रम झूर भयो, ब्यबस्थापन पटक्कै छैन भन्दै गुनासो गरेको पनि सुनियो। जस्ले दुई चार वटा टि सर्ट कुम्ल्याए उनिहरुले चैं कार्यक्रम भनेको यस्तो पो हो भने भलै प्रमुख अतिथिलाई घन्टौं कुर्न पर्‍यो।

सम्पुर्ण आरोहीहरुलाई सलाम। अस्तु!