Grab the widget  Get Widgets

Monday 3 July 2017

दिमाग खराब !

पृष्ठभुमि:
घनघोर पानी परेर पानी रोकिएको अवस्था, काठमाडौंको जय नेपाल ट्राफिक चौक, पानीले भिजेको ट्राफिक प्रहरी, ट्राफिक आइल्याण्डमा नबसी, आइल्याण्ड बाहिरबाट सवारी नियमन गर्दै रहेछ।
एक जना मोटरसाइकल सवारले त्यो ट्राफिकलाई देखेन रहेछ र सरासर अगाडि बढेको देखेर, ट्राफिकले ढ्याक्क रोक्यो।
ट्राफिक: हेल्मेट तिर इसारा गर्दै, त्यो हेल्मेटको सिसा खोल्न लगायो र आफ्नो नयन सकेसम्म ठुलो बनाउदै सवारी चालकलाई आखा तर्‍यो, अनि मान्छे हेर्दा त पढेलेखेका जस्तो देखिन्छ, तपाईं नयाँ हो?
सवार: होइन, पुरानै हो । (उमेरले ५० नाघेको मान्छेलाई नयाँ देख्ने ट्राफिक संग छक्क पर्दै जवाफ दियो) अलि अलि पढेको पनि छु ! गल्ती भो कि क्याहो हजूर !
ट्राफिक: अनि तपाईं यहाँनेर किन ?
सवार: (बाटोमा किन भन्ने ट्राफिक तिर हेर्दै) दाइने तिर देखाउदै, उता जान ?
पानीले निथ्रुक्क भिजेर दिक्क भएका ट्राफिकलाई झोक चलेछ । तपाईं देब्रे तिरको बाटोमा गएर घुमेर आउनुस, गै हाल्नुस । भनेर जय नेपालको बाटो देखायो ।
सवारले आफू जानू पर्ने बाटोको ठिक्क उल्टो बाटो देखाउने ट्राफिक संग धेरै कच कच गर्यो भने जरिवाना लगाउला भनेर, हस हजूर घुमेर आउन्छु भन्यो ! अलि पर सम्म पुगे जस्तो गरि फर्किएर फेरि त्यो ट्राफिकको सामुन्ने आएर उभियो ।
ट्राफिक: अब फेरि किन आएको?
सवार: हजूरले अघि घुमेर आउ भन्नू भाको होइन र ? अनि म त घुमेर आए नि भन्न आएको नि ।
ट्राफिक: तलाई बेबकुफ, मलाई जिस्काउन आएको? जरिवाना लाइदिम ?
सवार: (नम्र भएर) अनि अघि घुमेर आइजे भन्ने अहिले घुमेर आउँदा पनि रिसाउने, कस्तो ट्राफिक हो तपाईं त? त्यसो भए म गए हुन्छ, त ?
ट्राफिक: खुरुक्क जा, मेरो दिमाग नखा ।
सवार: त्यस्तो रिसाहा दिमाग के खानु, भर्खर मम खाइ वरि आको। अघि नै जा भनेको भए भै हाल्थ्यो नि। बेकारमा घुमेर आ भन्यो । घुमेर आउदा पनि रिसायो । खोइ के खोइ के !
पानीले भिजेकोले त्यो ट्राफिकको दिमाग पनि भिजेको छ कि क्या हो कुन्नी ? बेकारमा मेरो पनि दिमाग खराब ।