आर्को म्याम: ह्या मेरो त पाँच मिनेट!
पहिलो म्याम: हावा कुरा नगर न! काँ, पाँच मिनेट सम्म सक्छ भन्या!
आर्को म्याम: सक्छु नि, ल नपट्याए, स्टप वाच खोल। म गरेरै देखाउंछु।
पहिलो म्याम: लौ, लौ! गरेर देखाउ त! म पनि हेर्छु नि!
सरले स्टप वाच खोल्नु र "स्टार्ट" भन्नु भयो।
सबै जना चुपचाप हेरि रह्यो।
आर्को म्याम: ल सुरु गरें है भन्नु भयो र म्यामले श्वास टक्क रोक्नु भयो। अनि १५ सेकेन्डमा श्वास फुलेर पसिना पसिना हुनु भएछ। आम्मामा! म त ५ मिनेट भन्थानेको त १५ सेकेन्डमा नै खतम? नसकिने रैछ बाबै! यो श्वास प्रस्वासको ध्यान त गार्हो पो र छ बाबै!
सर: दिनका दिन प्राक्टीस गर्दा त बल्ल एक मिनेट सम्म श्वास रोक्न अझै गार्हो हुन्छ, तपाईं पाँच मिनेट भन्नु हुन्छ। बात कर्ता हे!
यो श्वास प्रस्वासको ध्यानले एकचित्त बनाउन सहयोग गर्छ। तर प्रत्येक दिन प्रयास जारी रहनु पर्छ है पासाहरु। के सोचेको के भयो। भन्नु होला। अस्तु।
No comments:
Post a Comment