Grab the widget  Get Widgets

Saturday 6 July 2019

पैसा बचाउने उपाय रे

धेरै बर्ष पछि भेट भएका एक जना अवकाश प्राप्त सरले भन्नु भयो: के छ हाल खबर? अहिले कता तिर हो?
मैले भने: यस्सो बिहान बिहान कलेज पढाउँछु, दिउँसो यस्तै संघ संस्थामा आफुले जानेको कुराहरु शेयर गर्ने गर्छु सर ।
सर: भनेसी कमाई राम्रै छ ! अहिले ३०-४० हजार जति त भेट्छ होला नि !
मैले नि सहज भएर भने: ऊमं ! खान पुग्छ सर !
सर: मैले देख्दा तिमीले खासै कमाउन चैं सकेनौ बाबु ! खोई तेत्रो पैसा कमाउँदा नि केहि गरेका देख्दिन त ।
मैले भने: त्यस्तो खासै गर्न सकिएन सर तपाइंले जस्तो |
सर: अलिकति पैसा मलाई सापट देउ न त, तिम्रो कमाई त राम्रै छ जस्तो लाग्छ ।
मैले भने : तपाइंले अनुमान गर्नु भएकै छ नि त । मैले कति कमायो भनेर । अनि मैले नकमाए नि तपाईंलाई अप्ठेरो त परेको छैन नि !
सर: त्यस्तो त होइन, तिमीले कमाएर पनि बचाउन सकेन । मलाई अलि सापट दियो भने मेरो काम पनि टर्ने तिम्रो पैसा नि बच्ने उपाय छ भनेर भनेको नि ।
मैले भने: त्यसो भए मैले के गर्नु प-यो त ?
सर: त्यस्तै पान दश लाख देउ न! तिम्रो पैसा पान दश बर्षमा जस्ताको तस्तै फर्काइ दिम्ला । तिमीले सबै खर्च गरेरै सिध्याउँछौ रहेछ । तिम्रो पैसा नि बच्ने मेरो काम नि टर्ने ।
म एकछिन त्वां परें: त्यत्रो पैसा तपाईंलाई किन चाहियो र यो बुढेसकालमा ?
सर: यस्सो जग्गा सग्गा किनेर राख्ने नि अनि बेचेर तिम्रो पैसा फर्काउने । तिम्रो पैसा नि फिर्ता मेरो जग्गा को इच्छा नि पूरा हुने, साँप पनि मर्ने लठ्ठी पनि नभाँच्ने उपाय भनेको नि ।
मैले भने: मलाई के फाइदा त ?
सर: तिम्रो पैसा मैले चलाए पनि जस्ताको तस्तै सग्लै फिर्ता । कमसे कम तिमीले खर्च गर्न त पाएन नि ! तिम्रो पैसा पनि  बच्यो । मेरो जग्गा किन्ने रहर नि पूरा हुने ।
मलाई के कुन्नि ले टोकेको छ कि क्या हो? त्यो अवकाश प्राप्त बुढोलाई पैसा राख्न दिन। न आमा पट्टीको न बाउ पट्टिको । न त त्यसरी नै पैसा बचाउनु छ। धन्य ! अवकाश प्राप्त सरको बुद्धि । अनि मेरो अनुहार ! अस्तु ।
#गज्जब छ बा !

No comments:

Post a Comment