Grab the widget  Get Widgets

Thursday 13 August 2015

मोटरसाइकल चालक


हिजो आज के भा को कुन्नी ? बिहान बिहानै मोटरसाइकललाई ढक्का दिने एकजना क्याम्पस पढ्ने भाइले "सरि अंकल ! ब्रेक फेल भयो| लाग्दै लागेन " भन्यो टाप कस्यो | मलाई के भो कसो भो भन्ने सोध्ने त कता हो कता ?

हुत्तिएर आउंछन् | धक्का दिएर जान्छन | अनि आफुलाई चलचित्रको बहादुर सम्झन्छन् | आइ मिन हिरो नि | हिरो भनेको बहादुर नै हो नि होइन र ? हिन्दुस्तान गएर, लाहोर गएको भन्ने बहादुर चाहिं होइन |

बाबु आमाले छोरा छोरीलाई सवारी साधन किन्दा पनि " राम्ररी चला है, हुइक्याउने हैन नि" भनेर अर्ति उपदेश त दिएकै हुन्छ | तर यो केटा केटीहरुको हातमा सवारी साधन परे पछि, सवारी साधन पनि आफै हिड्ने गर्छ कि क्या हो | जांचमा फेल भएको हो कि ब्रेक फेल भा को हो मैले पनि सोध्ने काम गरिन |

हतार त सबैलाई हुन्छ नि | तर आफुलाई जस्तै अरुलाई पनि हतार नै हुने हुँदा, कुरो बुझ्नु पर्ने नि | खोइ कुरा बुझेको ? तेस्का बाजे, भनेर भन्न मिलेन | सडकको कुरो | प्याच्च बोल्यो भने अनर्थ होला भन्ने पीर | खोइ के ? खोइ के ?

दिक्क लाग्छ |  यस्ता चालक देख्दा | अस्तु |

No comments:

Post a Comment