Grab the widget  Get Widgets

Friday 19 June 2020

हत्तेरिका ईन्टरनेट !

आज त झन बिहानै देखि अनलाईन क्लास लिनु पर्‍यो भनेर मेरा विद्यार्थीहरुसंग पहिला मेसेन्जर मै खबर गर्दै जूममा ठिक्क समयमा आउनु है भन्दै जानकारी दिंदै थिएं, क्लास सुरु हुने बेलामा यो ईन्टरनेट भन्ने चीज स्वाट्टै हरायो। पहिला त मेरो ल्यापटपलाई के भयो? भनेर एताउता हेरेर Restart गरें। Zoom App पनि Restart गरें। तर पनि आएन। अनलाईन क्लासमा आएका विद्यार्थीहरुले के भने होलान! कस्तो मास्टर साब होला! अनलाइनमा आउँदा आउंदै गायब भयो भने होलान, कतिले कुरेर बसे होलान, कतिले सुतेर बसे भने होलान, यतिले नपुगेर कतिले बल्ल बल्ल क्लास ज्वाईन गरेको आजै मास्टर साब त बेपत्ता भने होलान।

अनि यो ईन्टरनेट दातालाई फोन गर्दा त पटक्कै उठेन। अरु बेलामा तुरुन्तै उठाउने मर्मतका स्टाफहरुलाई सायद भ्याइ नभाइ भयो कि? वा तलब नपाएर वास्ता गरेनन कि? वा आ...! छु मतलब भनेर हुन कि? फोन लागेर पनि उठेन। मलाई भने उकुस मुकुस भयो। सन्देश दिन पनि भ्याएन। हामी कति निर्भर रहेछौं यो ईन्टरनेटमा! ओहो! कहिले काहिँ विद्यार्थीहरु गाएब भयो भने किन हराएको भनेर सोध्ने मास्टर साबलाई आज भने अचाक्ली टेन्सन भयो। 

बल्ल एस एम एस आयो ईन्टरनेट दाताले सिस्टम डाउन भन्यो। भने पछि मैले लिएको दाता सप्लाएरका सबैको ईन्टरनेटले साथ नदिने भयो। अचम्म त के भने मेरो एरियामा बिजुली गुल भए पनि ईन्टरनेट पनि गुल। सोलार ले पनि नचल्ने।

क्या बोर भयो। अब कुरो के भनेनि काठमाडौंमा ईन्टरनेटको यस्तो हालत छ। बाहिर प्रदेशमा यो सेवा कति भर पर्दो होला? सरकारले दुर शिक्षाको कल्पना गरीरा बेलामा यस्ता आधारभुत ब्यबस्थालाई प्राथमिकता दिनु पर्छ। नत्र सरकारको योजना किताबमा मात्रै सिमित रहने हुन सक्छ। बेलैमा सचेत हुन सेवा दायक र सरकारलाई अनुरोध छ। अस्तु।

No comments:

Post a Comment