अस्ति देखि हेलिकप्टरको आवाज सुन्ने र आकाशमा हेर्ने बाहेक हामीले तपाईंको लागि जाबो हेलिकप्टर पनि ब्यबस्था गर्न सकेन भन्नु भयो होला। हामी पनि लाचार मात्रै भयौं। यति धेरै चिनेजानेकालाई गुहार्दा गुहार्दै पनि एउटा हेलिकप्टरको ब्यबस्था मिलाउन सकेनौं।
घोडेजात्रामा काठमाडौंको आकाशमा सरकारी पेट्रोलमा उड्नेहरुले आज आम नेपालीको पीडामा ट्वाल्ल परेर हेर्ने बाहेक त्यो शैनिकको हेलिकप्टरलाई कोभिड एम्बुलेन्समा परिवर्तन गर्ने सायद सरकारले सोचेका पनि छैनन्।
कति कष्ट भयो होला तपाईंलाई त्यति लामो बाटोमा त्यो एम्बुलेन्समा, अनि त्यो अक्सिजनको भरमा। त्यो त तपाईं संग हामीले सोध्ने आँटसम्म पनि गर्न सक्दैनौं।
पोहोर मात्रै कोरोनाले थला परेकाहरुको लागि भनेर तपाईंको परिवारले लुम्बिनी प्रदेश सरकारलाई दशलाख रुपैयाँ दिएर एउटा आइ सि यू बनाउनुस भनेको सुन्दा कति खुशी भएथ्यौं हामी। सारा नातेदार साथीभाईहरु खुशीले गदगद भएका थियौं। तर आज तपाइँ आफैंलाई आवश्यक पर्दा एउटा आइ सि यू पनि मिलाउन सकेनौं। खेर तपाईंको सहयोगले अन्य कतिले उपभोग गर्न पाए होलान स्वास्थ्यलाभ गरे होलान तर पायो कि पाएन, प्रदेशको सरकारले हिसाब किताब गर्दै होला।
फोटो स्रोत: सत्य राज शाक्य फेसबुक
भर्खर दुई हप्ता भएछ, काकीलाई भेट्दा मैले मास्क लगाएकोले "चिन्दै चिनिन" भन्नु भएको अझै मेरो कानमा गुन्जिएको छ। अस्ति लिएको फोटोमा रहेको हांसो अझै उस्तै छ। तर तपाईंलाई अन्तिम दर्शन सम्म गर्न आउन पनि सकेनौं।
अनिच्चावत संखारा! यो संसार अनित्य छ, तपाईंको सुखावती भुवनमा बास होस भनी कामना गर्दछौं। हार्दिक श्रद्दान्जली!!!
दाईको आलेख यथार्थपरक र मर्मश्पर्शी छ। एउटा पत्रकार वा कथाकारले कसैको वेदनालाई समाचार बनाएको जस्तो, तर यो आफ्नै परिवार भित्रको घटना भन्दा बढी पीडा हुंदोरहेछ। यो हाम्रो देशको लाचार अवस्थाको चित्रण हो, अरु कसैमा नहोस र काकिको आत्माले हामी सबैलाई माफ दिनुहुनेछ भन्दै उहांको आत्माको शान्तिको कामना गर्दछु। साथै शोकमा डुबेका परिवारजन प्रती हार्दिक समवेदना प्रकट गर्दछु ।
ReplyDelete