प्राय लफडा गरेकै हुन्छ अरुणले, कहिँ न कहिँ, लफडा नगरे सम्म खाएकै नपच्ने जस्तो उस्को स्वभाव छ। अस्ति एक जनाले साडी कार्गो गरेर पठाउंदा पाउने ले नपाए पछि हराएको कम्प्लेन गर्न आएको रैछ।
अरुणले यति लामो कथा भन्दियो कि त्यो मान्छेले हराएको कम्प्लेन नै गर्न सकेन। अनि त्यस्तै लफडामा परि रहने भएकोले उस्लाई जस्ले नि जिस्काउने र जिस्काउंदा पनि नरिसाउने उसको राम्रो बानी छ। आज बिहानै उस्को अँध्यारो मुख लाए पछि पक्का लफडा भएछ भनेर अनुमान लगाउन अस्मितालाई गार्हो भएन।
अरुण: आज त बिहान बिहान श्रीमती संग लफडा पर्यो नि पासा! के गर्ने, छोरोको अगाडि नै लफडा भयो नि। खासमा छोराछोरीको अगाडि लफडा गर्नु हुन्न भनेर आफु चुप्प लाग्नु पर्ने बाध्यता परो नि। नत्र यस्तो रिस उठेको थियो! के गर्ने? भन्न नहुने ब्यथा सार्हो भो पासा!
अस्मिता: श्रीमती चैं कस्को नि पासा?
अरुण: आर्काको श्रीमती नि, त्यै भएर त कै गर्न मिलेन नि। आफ्नी त त्यस्ती हकार्ने खाल कि पनि छैन। मेरी श्रीमती त गाई हो गाई! अति सोझिछे। बाङ्गो तिङ्गो कुरा पनि गर्दैन, छोराछोरीको अगाडि पनि कराउन्न। लाज पो भो त पासा छोराको अगाडि ! त्यस्ती स्वास्नीमान्छेले भन्नु नभन्नु भने नि छोराको अगाडि। खासमा मेरो गल्ती पनि थिएन। क्यार्ने? गाली गरि त सकि, मलाई नै औंला देखाएर। फर्काउन मन पनि लागेन बाबै! के लाई चलायो दुर्गन्ध भने झैं आफैलाई लाज। अस्तु।
No comments:
Post a Comment