Grab the widget  Get Widgets

27 August 2023

वाहियात

उ एउटा अचम्मको जिन्दगी जिउंदै छ। कहिले पनि सन्तोष लाग्दैन उस्लाई। संधै यो भए, त्यो भएन भनेर कम्ल्पेनको पोको बोकेर हिंडेको हुन्छ। उस्को हाकिमलाई यो अफिस बसेको घर भएन, यो गाडी भएन, उस्को श्रीमान लाई छोरा छोरीको लागि त्यो स्कुल भएन, संधै पसलबाट सामान किनेर ल्याउंदा पनि यो गतिलो भएन भन्छ। अनि हुन्छ चैं के?

हुंदैन र भएन भनेर मात्रै के गर्नु पर्छ त? भन्यो भने अलि राम्रो हुनु पर्‍यो, अलि मिलाउन पर्‍यो भन्छ। के मिलाउने? राम्रो भनेको मापदण्ड के हो? अलि राम्रो भनेको कति राम्रो? नाप जोख गर्न मिल्छ? 

अहं! त्यस्तो त केही छैन तर उस्लाई सन्तोष पार्न सक्ने मान्छे अहिले सम्म जन्मिन पनि सकेन कि क्या हो कुन्नि? भनेर उस्कै शाखा सन्तानहरुले समेत भनिरा सुन्छु।

यस्तो सायद रोग पनि हुन सक्छ होला, संधै अरुको मात्रै राम्रो देख्ने आफ्नो भएको सरसम्पत्ति नपुगेको जस्तो लाग्ने। आफ्नो औकात के हो भनेर नहेरी आर्काको सम्पत्ति र सम्पन्नता हेरेर डाहा गरेर बांच्नु त नचाहिने तनाव बोक्नु जस्तो भएन र? वाहियात!

No comments:

Post a Comment