छोरा छोरीको अगाडि नै बुढीले यस्तो घोच पेच गरेको सुने पछि सुनिलले आफ्नो अहिलेको आर्थिक अवस्था ठिक छैन। घुमघाम गर्न त आफू संग जगेडा पैसा पनि त हुनु पर्यो नि भनेर आफु लाचार रहेको स्पष्ट जानकारी गरायो।
बुढीले आफ्नो साथीहरु, युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, गोसाइँकुण्ड, रारा अनि कता हो कता घुम्न गएको फोटो मात्रै हेरेर बस्ने त? उ त्यो साथीको बुढो बितेको यति बर्ष भयो, घुमेकै छ, आर्को साथीको बुढो बितेको एक दुई बर्ष मात्रै भयो, त्यो पनि घुमेकै छ। आफ्नो त बुढो जिउंदै छ नि। तै पनि कतै घुमाउन लै जांदैन।
साथीहरू भने बुढो भएको भए अझ कति रमाइलो हुन्थ्यो होला। खोइ हाम्रो बुढो त बितेर गयो। जता घुमे पनि खाली खाली जस्तो लाग्छ, साथी भन्छन् । आफ्नो भने बुढो मात्रै छ, संसार घुम्ने सपना मात्रै हुने भो। म त जसरी भए पनि एक पटक बिदेश त जान्छु जान्छु। आफ्नो त इज्जत नै गै सक्यो। कहिँ कतै लाने होइन, यस्तो निकम्मा बूढो!
सुनिललाई डाह भएछ। लौ अब तिमीलाई पनि संसार घुमाउने बाचा गरें। जसरी भए पनि म तिमीलाई घुमाउने जोहो गर्छु, भनेर आफ्नो सयन कक्ष तिर गयो। बुढीलाई भोलि सम्म केही बन्दोबस्त गरम्ला, म सुत्न गएं है! भनेर टेलिभिजन कोठाबाट उठेर गयो। राती सुत्ने कोशिश गर्दै थियो। अचानक उस्को छाती दुख्यो, तर आफ्नो बुढीलाई खबर गरेन। उस्ले खोक्न थाल्यो, अहं खोक्न पनि सकेन, ग्यास्टिक होला भनेर ग्यास्टिकको औषधी खायो र सुत्यो। निक्कै घोच्यो छातिमा, तर उस्ले बोलेन।
बुढी धाराबाहिक हेरेर आएर बुढोलाई सुनाउंद, भोलि त केही गर्ला नि बुढो ! तिम्रो त बिश्वास नै लाग्न छाडिसक्यो, भनेर खुरुक्क सुती। तर, बुढोले जवाफ फर्काएन। बुढो सुतेछ भन्दै मेरो कुरा सुनेको नसुनै गर्यो भनेर उठाउन खोज्यो।
भोलिको काम त याद छ हैन बुढो! कि भोलि पनि त्यै त होला नि। भन्दै झक्झक्यायो। अहं बुढोले केहि बोलेन। बुढीले फेरि भन्यो, यस्तो नाटक गर्छ भन्ने मलाई थाहा छ बूढो, भोलि कताबाट बन्दोबस्त गर्छौ, खाली फुर्ति मात्रै त हो। बुढो उठेन, बूढो त चिसो भएछ। नबोल्ने भएछ। हतार हतार अस्पतालमा लान पर्यो भन्यो। छोराछोरीलाई चिच्यायो। एम्बुलेन्समा अस्पताल पुर्यायो। तर बुढो उठेन। अस्तु।
No comments:
Post a Comment