सर मेरो
छोराको बिहेमा नआइ भएन है |
कहिले ?
यही
हप्तामा |
ओहो यो
हप्तामा त गाह्रो पो हुने भो त | मेरो त कार्यक्रम तय भइ सकेको छ | ल तिमीलाई बधाई
छ अनि तिम्रो छोरालाई पनि |
बधाई त ठिकै
छ सर | तपाई नै नआउने भएपछी चै नरमाइलो लाग्यो |
किन
नरमाइलो मान्नु र ! रमाइलो गरे भइ हाल्छ नि | म नै किन चाहियो र ?
त्यसो भए खर्च कम गर्ने । टिका टालो गरेर सिध्याए भै हाल्छ नि । किन टन टन टेन्सन लिने ।
कहाँ हुन्छ सर ! अलि अलि भाको जाड रक्सी
किन्न मै सकियो, अब बुहारीलाई अलि अलि गर गहना किन्नु पर्ने, त्यसैले सरलाई
सम्झेको | सर आउन नभ्याउने भए बरु म नै आउकि ?
यसलाई चै पक्कै मागी मागी छोराको बिहे भन्न ठिकै होला कि ?
अस्तु ।
No comments:
Post a Comment