ओहो मन्त्रीज्यू, कता तिर हो ? यस्तो बेलुकी पनि हतार ? किन हो?
किन भन्नु र ग्वांग्रे ? प्रधानमन्त्रीको क्वाटराँ जान ला नि!
मतलब ! आजकाल बेलुकी बेलुकी क्वाटर ?
टोइट ! के को क्वाटर नि ! रिपोर्टिङ गर्न नि। था छैन ? तंलाई के था होला र ? सम्चार पढ्ने, सुन्ने भए पो, था पाउंठिस !
रिपोर्टिङमा गर्ने चैं के त मन्त्री ?
के गर्ने भन्ने? दिन भर कहाँ, के, कति ठाउँमा डुलेको? के गरेको? कति ठाममा रिबन काटेर उदघाटन गरेको? को को लाई भेटेको? भनेर सुनाउने नि।
सुनाउने चैं कल्लाई?
भन्न त प्रधानमन्त्रीलाई भनेको छ तर प्रधानमन्त्रीका किचेन क्याबिनेट भन्ने हुंदा रेछन उन्हरुलाई सुनाउने!
हैट! तिमी त कस्तो मन्त्री रैछ? मतलब, तिमी मन्त्री भन्दा माथि किचेन क्याबिनेट हुने रैछ? तिम्रो मन्त्री पद त, मेरो च्या पसलां काम गर्ने केटोको जस्तै रैछ। त्यो मोरोलाई जैले नि के के किनिस? के के खर्च गरिस? भनेर मलाई रिपोर्टिङ गर भनेको छु।
म बेलुकी यता उता गै बस्नु पर्छ, अनि मेरी छोरीलाई भनेर जान्छ। कस्को ठ्याक्कै मिलेको हगी? यस्को मतलब मेरो च्या पसलको प्रधानमन्त्री म ! मेरी छोरी किचेन क्याबिनेट, र मेरो काम गर्ने केटो तिमी मन्त्री जस्तो रेछ। मलाई चित्त बुझ्यो।
(बुढी: ए बुढा! के मन्त्री, तिमी मन्त्री भनिरा हाँ उठने हैन? आज च्या पसलाँ जाने हैन ? भन्दै, छ्याप्प पानी छर्के पछि त झण्डै खातबाट खसेको ? हैट ! कस्तो सपना देखिएछ? बिहान बिहान! बिचरा मन्त्रीहरुलाई कस्तो भा होला !)
No comments:
Post a Comment