पसलमा मानिसहरु आउंदैनन। पहिला जस्तो किनमेल पनि गर्न छाडेका छन् । मेरोमा मात्रै हो कि अरुको मा पनि उस्तै हो, खोइ रामचन्द्रे भुत्भुताउंदै छ। ऋण गरेर सामान ल्यायो, उधारोमा बेच्नु पर्छ, अनि उधारो पैसा उठाउन काल झैं लाग्छ। लाने बेलामा हजुर, हजुर भन्छ्न, फिर्ता गर्न अनुरोध गर्दा तथानाम गाली गर्छन। यो मेरो मात्रै हो कि अरुको पनि? रामचन्द्रेले मन मनै सोधिरा छ। यस्तो ब्यबहारले गर्दा रामचन्द्रको मन मरेको छ।
अस्ति आत्मदाह गर्ने मान्छेलाई यस्तै भएर होला नि ज्यान नै फाल्नु परेको! त्यति सार्हो कम्जोर त भाको छैन रामचन्द्रे! अब नयाँ ढंगले काम गर्नु पर्ने सोचका साथ अगाडि बढ्न चाहन्छ। परिवार र समाजले आहा काम भनेको त रामचन्द्रेको जस्तो हुनु पर्छ, न उधारो न ऋण? त्यस्तो काम खोज्दै छ रामचन्द्रे। छ भने भन्दिनुस है! अहिले सम्म हिम्मत हारेको छैन है!
No comments:
Post a Comment