Grab the widget  Get Widgets

Thursday 16 February 2023

तिमी बदलिएका छौ, सायद म पनि!

आजकाल तिमी संग बोल्न पनि डर लाग्छ। जे भने पनि उल्टो अर्थ लाउंछौ। मैले आगराको कुरा गर्छु तिमीले गाग्राको कुरा गर्छौ। समय अनुसार तिमी पनि फेरिएका छौ। म पनि फेरिएको अनुभव गर्दैछु।

उ बेलामा तिम्रो र मेरो कुरो ठ्याक्क ठ्याक्क मिल्थ्यो, खुब रमाइन्थ्यो। अहिले ठ्याक्कै उल्टो भएछ, सोचाईमा यस्तो भिन्नता आउला भनेर मैले सोचेको पनि थिएन। तर तिमी बदलिएको देख्दैछु। चिडचिडापन बढ्दै गएको छ। सायद म पनि!
सायद म पनि समय, कामको बोझ र उमेरका कारण बदलिएको छु कि? तिम्रो "मेनोपज" भए देखि त झन बोल्नै नहुने भाकी छौ। खोई के भनुम, आजकाल थाकेर आएको बेलामा पनि तिमी संग कुरा गर्ने सम्म हिम्मत हुन्न। अब त दिन भर काम गरेर आउंदा थकित शरीरलाई थान्को लगाउन पनि कठिन हुँदै आएको छ। तर तिमीलाई भन्ने आंट आउंदैन। तिमी पनि थाकेकै देख्छु। आजकाल तिमी बदलिएका छौ। सायद म पनि!

तिम्रो शारीरिक परिबर्तन संगै तिम्रो परिबर्तित ब्यबहारलाई मैले ठ्याक्कै बुझ्न नसकेको होला। तर के गर्नु? मेरो उमेरका कारण म मा धैर्यता गुम भएको पनि त हुन सक्छ। उहिले उहिले तिम्रो मनका कुरा च्याप्प समाउने सक्ने मान्छे म अहिले तिम्रो मनका कुरा त के बोलेका कुरा पनि समाउन नसक्ने भै सकेको छु। सायद म पनि उमेर अनुसार बदलिएको छु। 

No comments:

Post a Comment