Grab the widget  Get Widgets

Saturday 11 February 2023

ढंग नभाका बा!

बा तिम्रो ढंग पुगेन। तिम्रो बुद्दिमा बिर्को लाएका रैछौ। तिमीले हाम्लाई हुर्कायौ, बढायौ, पढायौ। तर तिम्रो ढंग पुगेन। तिमीले संधै समाज र परिवारको लागि मात्रै काम गर्यौ, तिम्ले के पायौ? 

न घर छ, न तिमी संग गाडी छ, बुढा भै सक्यो, अझै समाज र परिवारको सेवा गर्नु पर्छ भनेर बिहान सखारै काममा हिंडेका छौ। आफ्नो लागि केही किन्दैनौ। लुगा धरी उहीँ पुरानो लाएर हिंडिराछौ। तिम्रो ढंग पुगेन।

तिम्रो मिहेनतको फलले गर्दा हामीले त सुखै पायौं। तर तिम्ले के पायौ? तिम्रो ढंग भए पो? 
अब हामी बिदेश जान्छौं, बिदेशमा दु:ख गरेर तिम्लाई केही पठाउन सकिन्न, तिमी जस्तो हुत्तिहारा, एउटा घर पनि बनाउन नसक्ने, गाडी पनि किन्न नसक्ने संग बस्दैनौं। 

अब हामीलाई छुट्याई देउ, जे जति जायजेथा छ अंश देउ, त्यो अंश बेचेर बिदेशमा जान्छम, कर्म गर्छम आनन्दले जीवन ब्यतित गर्छ्म। हाम्रो सपना साकार गर्छ्म। तिमी जस्तो आर्काको सपना साकार गरेर मर्न चाहन्न।

तिम्ले आफुलाई केही गर्न सकेनौ। खाली अर्काको लागि मात्रै गर्यौ, मैले त्यस्तो गर्दिन, मैले मेरो परिवारको लागि गर्छु। हाम्रो परिवार भनेर गर्ने नै हैन। तिमी आफ्नो बाटो लाग, म तिम्रो बाटोमा आउंदिन। तिम्रो ढंग पुगेन भन्ने थाहा पाई पाई तिमी जस्तो काम गर्दिन। तिम्रो कर्म नै दुःख गर्ने रैछौ, तिमी दुःख गर्दै मर। म बिदेश गएं। 

कमाउँछु, आफ्नै लागि कमाउंछु, आफ्नै लागि गर्छु। तिमी जस्तो निकम्मा बन्दिन। तिमीहरूले मलाई जन्माए पछि हुर्काउने, बढाउने, पढाउने काम तिम्रै कर्तब्य थियो, गर्यौ, ठिकै भयो।

अब म हिंडे। बिदेश हिंडें। बुढेसकालमा लठ्ठी बनाम्ला भन्थेउ, त्यो लठ्ठी हुन मन पनि छैन, हुन पनि सक्दिन माफ पाम। म बिदेश हिंडें।

नोट: समाजमा अहिले देखिन आएको यस्तो अवस्था कसै संग मिल्न गएमा संयोग मात्रै हुनेछ। अस्तु।

No comments:

Post a Comment