Grab the widget  Get Widgets

Friday 3 March 2023

पैसा !

ए बुढा! 
क कस्को पैसा खान्छौ, हं? तिम्लाई चाहिएको बेलामा सहयोग गरेकै हो। भनेको बेलामा दिएकै हो। अब मलाई चाहिएको बेलामा पैसा माग्यो भनेर तिम्रो चित्त दुख्यो, भन्छौ? अझ तेरो पैसा खाएर भाग्दिन भनेर फुर्ती लाउंछौ। 

त्यतिजाबो पैसा भनेर ढाक लाउंछस? तेरो लागि त्यति जाबो होला, दुनियाँको पैसा हसुरेर नतिर्ने तंलाई त्यति जाबो होला। मेरो लागि त लाख भनेको पनि करोड जस्तै हो।
अरे यार! तिम्ले लिने बेलामा त छिट्टै दिन्छु भनेका थियौ त! एकदम आत्तुरी नै छ बाबु! केही दिनमा नै दिन्छु भनेका थियौ त। अहिले बर्षौं बितिसक्दा पनि दिने तरखर गर्दैनौ त बुढा! उल्टै, तिम्रो पैसा खाएर मर्दैन पो भन्छौ, पुक्लुक्क गयो भने त सिद्दिगो त! तिम्ले त दुबाउंछौ बाबै! तिमी सिद्दिए पछि तिम्रो परिवार संग हिसाब माग्ने आधार पनि त छैन नि बुढा!

अब तिम्लाई तं भन्ने बेला आइसक्यो, मोरा! तं संग गरेको कागजको खोस्टा म संग राखेको पनि किराले खाएर प्वाल पर्न लाइसक्यो। अझै कति कुर्ने? 

काल कुरेको जस्तै कष्ट भैसक्यो। मोरा तं बुढाले गर्दा मैले स्वास्नीको हेपाई सहनु परिरा छ, बुझिस! आफ्नै पैसा पनि फर्काउन नसक्ने हुत्तिहारा भनीसक्यो, स्वास्नीले। हुन पनि अहिलेको हो र! उहिले कोरोनाले तंलाई लानै लागेको बेलामा दया लागेर नमागेको। खोइ कुरो बुझेको? जैले पनि तेरो कुरो मात्रै मैले बुझिदिनु पर्ने?

लौ अब जति सक्दो चांडो पैसा तिरिहाल नत्र सामाजिक संजालमा तेरो नाम, काम र दाम सहित विवरण निकाल्नु पर्ला। अस्तु।

No comments:

Post a Comment