Grab the widget  Get Widgets

01 March 2023

तिमीलाई भेट्ने रहर छ।

खोइ कता छौ, तिमी? 
तिमीलाई भेट्ने आशामा भौंतारि रहेको छु। अघिल्लो बर्ष भेट्न आएको थिएं, बाटो बिग्रेकोले तिम्रो घरसम्म आउन सकेन। भेट्ने ईच्छा अधुरो नै रह्यो। 

यस बर्ष पनि भेट्ने आशा बोकेर हिंडेको छु, तर तिमी कता तिर बस्छ्यौ भन्ने नै थाहा भएन! यताउता जताततै सोधिरहेको छु। तिमीलाई भेट्ने ठेगाना सोध्दैछु, अहिले सम्म भेउ पाउन सकेको छैन। 
तिमी कता छौ? खोई! 
तिमीले त! बिरालाले बच्चा सारे जस्तो डेरा सारि राख्छ्यौ भन्ने पनि सुनियो। तर तिमीलाई नभेट्टाई नहुने भएछ। मेरा मनका भावनाहरु पोख्नु छ, तिमीलाई! 

तिमी कता छ्यौ भन न प्रिय! 
म तिम्रो खोजीमा दौडिरहेको छु। अलिकति मात्रै थाहा देउ न प्रिय! तिमी बस्ने ठाउँमा, गाउँमा अनि सकेसम्म घरमा नै आउँछु, मनभरीका बह पोखाउंछु, संगै बसेर गीत गाउँछु, तिमी कता छौ? प्रिय! तिमीलाई भेट्ने रहर छ।
अस्तु!

No comments:

Post a Comment