Grab the widget  Get Widgets

12 May 2023

के भो जिन्दगी

खोइ के भो जिन्दगी?
जस्ले जे पायो त्यही भन्दै हिंडेकोछ,
यो पृथ्वीको भार सबै मैले नै बोक्नु पर्ने?
आफुले कौडी काम नगर्ने, 
अनि यो भएन र त्यो भएन भनेर ढाक जमाउने, 
नर्क भो जिन्दगी, 
सारा लन्ठुहरुको डम्पिङ साइट भो जिन्दगी,
हाकिम बन्ने धेरै भए।
काम जानेको केही छैन।
अधिकार चाहिने,
नाम चाहिने,
पत्रिकामा फोटो चाहिने,
अनि काम चाहिँ एक दामको पनि नगर्ने,
कुलंघारहरुको घेरामा भो जिन्दगी,
दु:खको भण्डार भो जिन्दगी,
नर्क भो जिन्दगी।
एक अक्षर पढ्नु छैन, 
बुझ्ने त परै जाओस,
तै पनि आर्काको रिस गरेर नथाक्ने मान्छेहरु देखेर,
घाँडो भो जिन्दगी।
खोइ के भो? के भो जिन्दगी?

No comments:

Post a Comment