Grab the widget  Get Widgets

14 May 2023

तमासा

जंगलका जंगली जनावरलाई मडारीले तालिम दिईसके पछि बजारमा तमासा देखाउने मडारीले ब्यापारिक लाभ उठाउंनु स्वभाबिक हो। तर शहर भित्र मान्छेरुपी जनावरहरुले सार्वजनिक समारोहमा तमासा देखाउनेहरु कतै न कतै ब्यक्तिगत स्वार्थको गन्ध रहने रैछ। 
एकादेशमा आफ्नो ब्यक्तिगत स्वार्थ पुर्ति हुने नदेखे पछि जसरी भए पनि काम बिथोल्न खोज्ने लन्ठुहरु सक्रिय भएको देखेर ग्वांग्रे छक्क परेका थिए। हरेक कुरामा छिड्की लगाउन नछाड्ने लन्ठुहरुले अन्तिम प्रहर सम्म खुट्टा तान्न छाडेनन्। यो भएन, त्यो भएन भन्ने तर के गर्न पर्छ भनेर भन्न नसक्ने नीच स्वभावका पानी मरुवा जन्तुहरुले समस्या सिर्जना गर्ने बाहेक कहिले पनि समाधानको कुरा गरेनन् । 

सामान्य छलफल गरेर समाधान हुने काम कुराहरु पनि एक आर्कामा आरोप, प्रत्यारोप र सरापेर बसेर तमासा हेर्न मन पराउनेहरु घरभित्र नै बसेर राजनीति गरेका रहेछन् । गोरुहरुलाई जुदाएर "तमासा" हेर्ने लन्ठुहरु घर बाहिर बसेर राजनीति गरिरहेका छन् । कतिपय बेलामा ग्वांग्रेले अनुमान पनि लगाउन नसक्दा धोती फुस्काउने र फुस्कनेहरुले ग्वांग्रेलाई पनि धम्काएर गएको देख्दा ल्वांगे त्वाँ परेको थियो। अस्तु।

No comments:

Post a Comment