Grab the widget  Get Widgets

30 May 2024

खै के! खै के?

धेरै दिन पछि जन्म दिनमा केक ल्याईयो। बा भन्नु हुन्छ, यस्तो वाहियात चलन! त्यसैले आमाको जन्म दिनमा ल्याइएन, आमा भन्नु हुन्छ, ल्याए पो खाइन्छ। आजकालको चलन अनुसार सबैले केक काट्न थालिसके। अनि नातीनातिनाले केक काट्ने भए आउंछम, नत्र त्यो दहि च्यूरा खान त आउन्नम भनेर खबर पठाछन।

अस्ति छोरोले पिज्जा लेरायो। आमा भन्नुहुन्छ, यो पिज्जा सिज्जा भन्दा त दालभात नै मीठो! अब चाउचाउ लेराउंदा पनि त्यस्तै भन्नुभाथ्यो। अनि हिंजो दिदीहरुले आमा बालाई कैले काहिँ नयाँ परिकार खुवाउनु पर्छ भनेर एकजना दिदीले पिज्जा, आर्को दिदीले केक लेराउनु भयो। 

बा आमा दुबैले कहिले काहीं खांदा मीठो नै हुन्छ भन्नुभो। खै के! खै के? छोराले ल्याउंदा वाहियात चलन भन्ने छोरीहरुले ल्याउंदा मीठो हुने। मैले त बुझ्नै सकिन। अस्तु।

No comments:

Post a Comment