Grab the widget  Get Widgets

Wednesday 8 May 2024

आँखा भरिएर आउंछ

आमा!  बा! तिमीहरु टाढा हुंदा मेरो मन भरिएर आउँछ। मेसेन्जरमा उताबाट हाम्रो छोराले भन्यो।

तिमीहरु टाढा हुंदा हाम्रो पनि मन भारी हुन्छ! नानी! बाबु! यताबाट हामीले भन्यौ।

सबैको सामु, म कठोर बा! तिम्री आमा, कठोर आमा! तर हाम्रो पनि मन नै त हो। रुन्छ नि! धुरु धुरु रुन्छ। तर ! तर, हाम्रो छोरा बिदेशमा त्यस्सै गएका होइनन् ! आफ्नो भबिष्य बनाउन उच्च शिक्षा हासिल गर्न गएका हौ। 

मेसेन्जरमा कुरा गर्दा उता बाट छोराले भन्दै थियो, घरको सम्झना र परिवारको सम्झना निक्कै आउँछ, मा! जब लामो बिदा हुन्छ। जब चाड पर्व आउँछ, तब झन सम्झना हुंदो रहेछ बा! मा! आज मेरो आँखा भरिएर आएको छ। 

म भक्कानिएको छु, तर मैले तिम्री आमालाई भन्न सकेको छैन बाबु! मेरा आँखा रसाएका छन् । तिमीलाई देखाउन सकेको छैन। मलाई पनि थाहा छ । तिम्रो आँखा रसाएकोले मोबाइल भित्ता तिर फर्काएको छौ । 

No comments:

Post a Comment