Grab the widget  Get Widgets

Tuesday 28 May 2024

ताना

अफिस जान लागेकी बुढीले घरमा बिदामा बसेका बुढालाई एउटा ब्लाउज इस्ट्री गर्देउ न भन्यो। बुढीको कुरो भुइँमा खस्न नपाउंदै बुढाले रन्किंदै भन्यो, हस् ! मैसाबको कुन चैं ब्लाउज इस्ट्री गर्दिम त! त्यै इस्ट्री गर्न भनेर नै आज मलाई बिदा देको! आज एक दिन घरमा बसेको बेलामा पनि बुढाले आराम गरेको देख्न नसक्ने, हगी?

अँ ! होनि ! अनि मैले हजुरको दिनका दिन लगाएको कपडाहरु धोई दिएको देख्नु भएन, हगी ? हाम्लाई चैं थकाई नि लाग्दैन, हगी? 

हुन त अहिले मेरो ब्लाउजमा इस्ट्री लगाएको हजुरको आमाले देख्नु भो भने, छोरालाई नोकर बनाएर राखेछ। छोरा नै बुहारीको पेटिकोटमा पसेपछि के भन्ने? त्यो जोईटिङ्रे छोराको टाउकोमा मकै भटमास भुटेर खान पल्केकी बुहारीले हेप्नु हेपेको छ, भनिहाल्नु हुन्छ क्यारे!

अब आमाले भने भन्नु हुन्छ, नि! कैले नभन्नु भएको छ र! अझ बुहारीको कमाई बढी भएकोले छोरोलाइ हेपेर राखेको छ पनि भन्नु हुन्छ नि! तिमी समझदार नभएको भए त उहिले नै हाम्रो छोडपत्र हुन्थ्यो होला, हगी? धन्न तिमीले सहेर बसेछौ। 

यस्तो ताना घरमा सुनेन भने फेरि गाउँलेहरुले सुनाई हाल्छन, क्यारे! यो दुनियाँमा आफ्नो घरमा भएको समस्या भन्दा छिमेकीको घरमा के कसो भा छ भनेर चियो चर्चा गरेन भने त, सबै जनाको खाना नै पच्दैन जस्तो छ। बुढा बुढी मिलेर बसे पनि झगडा गरेर बसे पनि छिमेकीलाई चासो, अचम्म लाग्छ, हाम्रो समाज!
 
बेफ्वांकमा ताना सुन्न पर्दा भने असह्य हुन्छ। अस्तु।

No comments:

Post a Comment