मैले पनि ओहो पासा त क्या खासा रेछ, भनेर दङ्ग परेर ल्याको त लौ, त्यस्ले त गर्ल्याम गुर्लुम पारेर मलाई त झण्डै खसालेन। त्यो मुलाको के कुरा मिलेन कुन्नी! मलाई नै खत्तम पार्न पोल्टिस पो गरेछ त। खातेले त के के कुरा लाएछ मेरो मान्छे संग। मैले नै चिनाई देको मान्छेलाई मेरो बारेमा अन्तसन्त कुरा गरेर मलाई नै खत्तम बनाएछ भन्या! अनि मेरो अगाडि मलाई चै सब ठिकठाक! भन्दो रेछ। #तेस्काबाजे! भन्दै दिक्क मानेर मेरो साथीले मलाई गुनासो गर्यो।
साथीलाई कस्ले के गर्यो? भन न भनेर मैले पनि ढाडस दिंदै भने। हेर साथी म छु नि भन न के गर्नु पर्यो? कस्ले तिमिलाई खाल्डोमा राख्न थाल्यो? अनि तिमी जस्तो बाठो मान्छेले पनि कसरी चाल नपाएको नि?
साथी: कसरी चाल पाउने यार! संधै संगै खाने बस्ने पासा हो त्यो पासा। तिमिलाई जस्तै नै बिश्वास गर्ने गरेको। तर त्यो पासा त ज्यादै स्वार्थी निस्क्यो यार। म संग संगै हिंड्ने, खाने डुल्ने गर्दा गर्दै पनि मेरै बारेमा अरु मेरा साथीहरूलाई अर्थको अनर्थ लाग्ने गरेर कुरो लाएर षड्यन्त्र गरेछ। मेरो हुनै लागेको काम पनि बिगार्देछ। पासा त गए गुज्रेकै रहेछ।
थुक्क! त्यस्ता पासा पनि पासा हुन्छ। त्यो मुलालाई धुलो चटाउन लाउनु पर्ने। काममा नै धक्का दिने गरेर नि धोका दिने? लौ साथी त्यस्ता साथीलाई अहिले नै छाड्देउ। पासालाई तिमिले चिनिहाल्यौ केरे! अनि पहिले पहिले बुढा पाकाले भन्ने गरेको उखान टुक्का छ नि, हरेक टुक्कामा कारण हुन्छ? "मान्छे तौलिने एक पटक, सुन तौलिने सय पटक भन्न्छ।
अब त्यो पासा संग दोस्ति छाड्देउ। अस्तु!!!
No comments:
Post a Comment