बुढा निदाएको बेला! बुढाको कानले सुन्ने चेष्टा नगरेको बेला, बुढाले सुन्ने नै भएन। चेत हराएको बेला बुढाले सुन्ने नै भएन। बुढा अचेत भएछ। अब चेत गुमेको बेला सुन्ने नै भएन।
बुढीले आफ्नो कामको बिचैमा एक पटक उठाउन आवाज लगाएर गई। अनि अझै पनि नउठे पछि, फ़ेरि झर्किएर उठाई, ए बुढा! उठ है उठ! हिजो अस्ति बेलैमा उठ्ने बुढा आज के सारो हो? उठ ए बुढा उठ।
बुढा उठेन। अत्ति नै भए पछि बुढिले बुढालाई झक्झक्याउन थाली, मनमा चिसो लाग्यो, बुढाको शरीर त चिसो भै सकेको रहेछ। कति बेला चेत उडेछ, बुढा कहिले न उठ्ने गरी निदाएको रहेछ। बुढा कुन बेला निदाएको रहेछ। अब नउठ्ने गरी निदाएको रहेछ। बुढी इन्तु न चिन्तु भइ।
अब बुढालाई हकार्ने दिन गएछ। कति मात्रै दु:ख दिने बुढा रैछ भन्न नपाउने भएछ। ढीला आयो भनेर गनगन गर्न नपाइने भो! सुगर र प्रेसरको मान्छे जे पायो त्यही खाएर आउँछ भनेर गाली गर्न नपाउने भएछ। लुगा कति फोहोर गरेको हं, भन्न नपाइने भएछ। जहिले पनि गोडा दुख्यो, मिच्दे भन्ने शब्द सुन्न न पाउने भएछ। अब बुढा निश्चिन्त निदाएछ। दांत दुखेर हैरान भो औषधि लेरा त बुढी भन्ने शब्द सुन्न नपाइने भो। बुढा! तिम्रो स्वर्गमा बास होस। अस्तु।
No comments:
Post a Comment