Grab the widget  Get Widgets

Sunday 9 April 2023

साइमन डिप्रेसनको शिकार भएको बेला।

त्यो बेला सम्झंदा अझै मेरो आङग सिरिङ हुन्छ सर! जब म डिप्रेसनमा गएको थिएं, ट्रेकिङमा भेटेको साइमनले कुराकानीको सिलसिलामा ढुक्क संग खुलेर भन्यो।

साइमन: मलाई सबै जना बेठीक, म मात्रै ठिक लाग्थ्यो। जस्ले जे भने पनि आइ एम राईट, यू आर रंग भन्ने नै लाग्थ्यो। यति झर्को लाग्थ्यो कि मान्छे देख्दा नि रिस, जनावर देख्दा नि रिस, हुंदा हुंदा आफ्नै साथीभाइ र परिवार सदस्य देख्दा नि रिस उठ्थ्यो। कैले काहीं झ्याल ढोका थुनेर एकलै बस्दा पनि, खुल्लम खुल्ला बाटोमा हिंड्दा पनि मेरो रिस मर्दैनथ्यो।

सर: रिसको आगो निभाउन के गर्नु भो त ब्रो?

साइमन: मेरो डिप्रेसनको एक्स्ट्रीम केसमा पुगे पछि भीर पाखामा जान मन लाग्थ्यो, कतै हाम्फालम कि जस्तो लाग्थ्यो, अनि घरमा बस्न मन नलागे पछि घरबाट हिंडे। अनि तपाई जस्तै सर भेटे पछि बल्ल मैले आफ्नो कुरा पोख्न पाएं। कुरा पोख्न पाए पछि मन हल्का हुंदोरहेछ। शान्ति हुंदो रहेछ। आफै रमाउन पाइंदो रहेछ।

बास्तबमा मेरो मनका कुराहरु मनमा नै राखेर उम्लिरहेको रहेछ। मैले तपाईंलाई मेरा मनका कुराहरु सुनाउंदा एकछिन पनि हिच्किचाउनु भएन। आरामले सुन्नु भयो। मेरा परिवार, साथीहरू कसैले मेरो कुरा नै सुनी दिएनन। अनि म झन झन चिड्चिडाउन थालें। मेरो चिड्चिडापनले मेरा नजीकका सबै बिराना बने। 

म पागल भयो भनेर समाजले ठप्पा लगाइ दियो। समाजले पागलखानामा भर्ना गर्दियो। रिह्याब सेन्टरमा राख्दियो। तर मेरो समस्या समाधान भएन। डाक्टरको सरसल्लाह सुने पछि मैले मेरा मनका कुराहरु ब्यक्त गर्न लेख्न थालें, सामाजिक सन्जालमा मेरा भावनाहरुको सम्मान पाउँदा खुशी लाग्छ। अब म सामाजिक अभियन्ता र ब्लगर भएको छु। आफ्नो भावनाको कदर संगै मैले आफ्नो कमाई पनि गर्न थालेको छु। त्यही कमाईले नेपाल घुम्न आएको छु। मलाई एड्भेन्चर मन पर्छ। समाज संग संघर्ष र प्रकृति संगको सामिप्यताबाट मैले जीवनमा साहसिक सफलता पाएको छु।

सर: ओहो! तिमीले आफुले आफैलाई जितेर आएका रहेछौ। अब तिमीलाई मैले भनेका कुराहरु रंग त लाग्दैन होला नि? 

साइमन: लाग्दैन सर! आफुले आफैलाई सम्हाल्ने हो डिप्रेसनमा। जब सम्म आफुमा मै हुं भन्ने भावना हुन्छ, तब सम्म गार्‍हो हुन्छ। जीवनमा कम्प्रोमाइज गर्नु नै पर्छ । म मात्रै राइट तिमी रंग भन्ने भावनालाई त्याग्न सक्यो भने समस्या समाधान हुन्छ। यसलाई आफैले बदल्नु पर्छ। बदलाको भावना हटाउनु पर्छ। 
पदयात्राको क्रममा साइमनको जीवनको अनुभवले हामीले पनि सिक्ने अवसर पाएका छौ। तनाव तपाई हामी सबै संग हुने सामाजिक समस्या हो। हाम्रो भावनाको कदर भएन भने हामीलाई गार्‍हो हुने भएकोले कुरा सुनिदिने मानिसलाई मनका बह पोख्न सकिन्छ। मनो चिकित्सकहरुको सहयोग लिन सकिन्छ। अनि लेखेर, सुनाएर, तनाव मुक्त हुनु पर्छ। कतिपय ठाउँमा समझदारी अपनाउन पर्छ, कम्प्रोमाइज गरेर नै यसबाट मुक्त हुन सकिन्छ। मेरो गोरुको बार्‍ह टक्का भन्नु हुंदैन । यो कुरा हामीले पनि अनुसरण गरेको खण्डमा मानसिक तनाब डिप्रेसनबाट मुक्त हुन सकिन्छ। अस्तु।

No comments:

Post a Comment