एक दिन माइलो दादाले बिजुलीबाट चल्ने पानी तताउने भांडो किनेर ल्याई दिस्यो। मुआ बुबाहजूरले बखान गरिस्सेर धुमधाम! माइला दादाले पानी तताउने भांडा न ल्याएको भए हाम्ले बिहान बिहान तातो पानी पिउन पनि पाईंदैनथ्यो! अहिले आनन्द भा को छ।
अनि बुबाहजूरकै पैसामा दिदीहजूरले टेलिभिजन किन्दिस्सेको रैछ, मुआ, बुबाहजूर दंग परिस्सेको छ। छोरीले टेलिभिजन किनेर ल्याइदेसी दिनभरी समय कटाउन आनन्द भाको छ भन्नु हुँदै बखान गरिस्सेको छ। अस्ति वासिङ मेसिन पनि ल्याइदिस्स्यो। मुआ, बुबाहजूर दंग होइसिन्छ। अब कपडा धुन पनि आनन्द नै हुने भो भनेर! अनि माइक्रो ओभन पनि ल्याइदिस्सेको छ। अब घरमा बिजुलीको सामान प्रसस्त छन। सबैलाई आनन्द भाको छ।
यो सबै सुबिधा ल्याइ दिए पछि सबै छोराछोरीहरु पनि दंग छन।
अचम्म त के भने नि! ठुलो दादा कसैलाई केहि भनिसिन्न। ठूलो दादाले बिजुली बत्ती, पानी, ईन्टरनेटको पैसा तिरी नदिस्सेको भए, बुबाहजूरको पैसामा किनेर ल्याएको सामानको काम आउंछ?
अझै सबैले ठुलो दादालाई नै सुनाउंदै भनिसिन्छ, त्यो ठुलेले एक पैसा जोगाउन सकेन, जिन्दगीमा केही गर्न सकेन। अहिले सम्म मुआ, बुबाहजूरलाई केही किन्देको छैन। सबै माईला दादा, र दिज्यूहरुले किनि दिस्सेको छ। मुआ, बुबाहजूर र चेलीबेटीलाई यस्सो सरसामान, गरगहना किन्देपो, तिमीहरुको पनि प्रगति हुन्छ।
खोइ! तेरो प्रगति कहिले देख्ने होला र? एक पैसा जम्मा गरेको छैन, बुढेसकालमा बिरामी सिरामी पर्यो भने के गर्ला यो ठुलेले भनेर दिदीहजूरले भनिस्स्यो। ठुलो दादा ट्वाल्ल परिस्सेकोछ। यस्तो समाजमा ठुलो दादाले कस्तो सहानुभुती पाइस्सेला? कमेन्टमा लेखिस्सेला। अस्तु।
No comments:
Post a Comment