मान्छेले भन्यो: के गर्ने ब्रो! आजकाल मन्दी चलेको छ, दिमाग खराब भै रहन्छ, बिहान, बेलुकी, सांझ पैसा छिट्टै फर्काउ, ब्याज ले र आ भनेर फोन आ को आई हुन्छ। अनि कतै जान पनि मन लाग्दैन, फोन उठाउन पनि मन लाग्दैन। पसलमा बस्यो, ग्राहक आउंदैन, महिना कट्यो, घरबेटी बा आउनु हुन्छ। सुक्को आम्दानी छैन, पसलको भाडा तिर्न सकेको छैन। अनि क्यार्नु र ब्रो!
बांदर: हुन त हो ब्रो! आजकाल यतातिर आउने मान्छेहरु पनि तिमी जस्तै मन्दी ले मन मरेकाहरुको संख्या बढ्दै गएको देख्छु। अनि हाम्लाई देख्ने बित्तिकै आँखा तरेर हिंद्छन। पहिले पहिले त खानेकुरा ल्याइ दिन्थ्यो, आजकाल आफै खाएर बांकी रहेको बोक्राहरु मात्रै फ्यांकेर दिन्छ्न। त्यै पनि हाम्ले लुछाचुंडी गरेर पेट भर्छम।
बांदर: खैर! त्यस्ता कुरा छाडम, मैले देखेको तिम्रो देश अब हाम्ले चलाउन पर्ला जस्तो भै सक्यो ब्रो! हाम्रो बानी र नीति, तिम्रो सर्खारले लिएको जस्तो देख्छु।
मान्छे: त्यस्तो कुरा नगर न ब्रो! के बोलेको? हं?
बांदर: हेर ब्रो! तिम्रो सर्खार र हाम्रो बानी एउटै छ। हाम्ले न आफ्नो घर बनाम्छ्म, न आर्काको घर बनाम्न दिन्छ्म। त्यस्तै त छ, तिम्रो सर्खार! होइन र ब्रो? न आफ्नो पार्टी बनाम्छ, न आर्काको पार्टी, न देश, न राष्ट्र बनाम्छ। यस्ता निकम्मा र हामीमा के नै फरक छ र? हामी जस्तै त भो नि ब्रो! हाम्लाई तलब भत्ता पनि चाहिन्न, पेन्सन पनि चाहिन्न। तिम्रो देशको आर्थिक बिकासमा हाम्ले सहयोग पुर्याउन सक्छ्म ब्रो।
(झल्यांस्स बिउँझेको त खाटमा नै रहेछु। मेरा भगवान! ) अस्तु।
No comments:
Post a Comment