Grab the widget  Get Widgets

04 November 2024

बुढा बा! (Old Dad)

"होइन! ए बुढा! खाली नातिहरु संग खेलेर बस्ने? यस्सो तरकारी सरकारी काटिदिए त मलाई सजिलो हुनेथ्यो नि!" बुढीमाउ झर्केर बोली। 

एकै छिनमा, "ऐ बा! त्यो बिजुलीको तारहरू त निकाल्न सकिन्छ नि! यस्सो हेल्प गरिदिए त हुन्थ्यो नि!" उताबाट छोरोले सहयोग माग्छ। 
"ऐ काका! मेरो भुन्टीको बाउ कता गएछन् हेर्नुस त! बोलाईस्यो न। छिमेकमा तास खेल्न त गएका होलान् नि! एकपल्ट घर जा भनिस्सेला।" नानीले पनि अनुरोध गरिन्।

सबैको काम गर्दियो। बुढाले बिहान देखि च्या, नास्ता खान पायो कि पाएन कसैले सोधेन। टाउकोमा हात राख्दै बुढाले मनमनै गुन्यो, "कस्तो कर्म लिएर आएको रैछु। सबै पूर्बजन्मको कर्मको फल होला।" अस्तु। 

No comments:

Post a Comment