अनि आर्को झोलाको बेलौती आमालाई दिन गयो। "आमा हेर्नुस त कति पाकेका बेलौती!" आमाले झर्केर भन्यो, "कस्तो पाकेको बेलौती लेराको? अलि पंहेलो, हरियो लेरा!" काले लुख्रुक्क परेर फेरि बारीमा गयो। अनि हरियो, हरियो बेलौती टिप्दै झोलामा राख्यो। आमाको नजीकै गएर टाउकोमा लागेको माकुराको झालो फाल्दै भन्यो, "आमा! हेर्नुस् त! अहिले कांचो हरियो लेराको छु।"
आमाले झोला खोलेर हेर्यो, "हत्तेरीका काले! के लेराको? यस्तो कांचो लेरा भनेको हो र? अलि हरियो, अलि पंहेलो, अलि रसिलो पो लेरा भनेको। बुद्धि हेर न बुद्धि !" काले ट्वाँ पर्यो। अनि "ह्या....! कस्ती आमा रैछ? पाकेको ल्याए नि नहुने, कांचो ल्याए नि नहुने, आफै रुखमा चढेर टिप। म त साथीहरू संग चंगा उडाउन हिंडें।" अस्तु।
No comments:
Post a Comment