यो कथा एउटा गाउँको हो, जहाँ रामचा नाम गरेका एक इमानदार र मेहनती कामदार थिए। उनी सधैं भरि साहुजीहरुकोमा गएर काम गर्थे, आफ्नो परिवार पाल्नका लागि कडा मेहनत गर्थे। गाउकै ठूलै मानिएका साहुजी, सुरबीरले रामचालाई धेरै काममा लगाएका थिए। तर कामको पारिश्रमिक दिने बेलामा भने साहुजीले सधैं अनेक बहाना बनाउँथे। तर पनि रामचाको पारिवारिक बाध्यताले काम छाड्दैनथ्यो।
एक पटकको कुरा हो, दशैंको केही दिन मात्र बाँकी थियो। रामचाले साहुजीलाई सम्झाए, "साहुजी, अब त धेरै महिना भइसक्यो, दशैं पनि नजिकै आइपुग्यो। मलाई पोहोरसम्मको तलब दिनुस न है?"
कपटी साहुजीले भने, "के भो र रामचा? म तिमीलाई दशैं अघि नै तलब दिन्छु भनेकै छु नि। चिन्ता नगर, तिमीले दशैं खुसीले मनाउन पाउने छौ।"
तर दशैंको अघिल्लो दिन सम्म पनि पैसा आएन। रामबहादुर साहुजीको घरमै गएर भने, "साहुजी, तपाईले त दशैं अघि तलब दिनुहुन्छ भन्नु भएको थियो। म घरमा स्वास्नी र बच्चालाई के भनौं?"
साहुजीले अब फटाहिको कुरा सुरु गरे, "हेर! रामचा, यसपाली अलिकति आर्थिक समस्या पर्यो। दशैंमा नै दिन्छु भनेको तर पैसा नै आएन। के गर्ने? यो दशैंमा त पैसा दिन सकिन्न है! मिल्यो भने म तिमीलाई तिहारमा पक्का तलब दिनेछु। तिमी चिन्ता नलेऊ। तिहारमा मैले खोजखाज गरेर भए पनि पैसा दिने प्रयास गर्छु, है।" रामचा निरास भएर घर फर्क्यो।
रामचाको मन आज झन अमिलो भयो, तर उनले केही गर्न सकेनन्। उनलाई थाहा थियो, साहुजीसँग झगडा गरे आफूलाई गाउँमा अरु काम पाउन गाह्रो हुनेछ। परिवारको गुजारा चलाउनको लागि उनले सहनु पर्ने बाध्यता थियो। साहुजीको कुरा मान्नै पर्यो, किनकि अरु विकल्प नै थिएन।
तिहारको दिन पनि आयो। रामचा फेरि साहुजी कहाँ गएर तलब माग्न पुगे। यस पटक भने साहुजीको व्यवहार अझ तीतो भयो। "रामचा," उनले आक्रोशित हुँदै भने, "मैले तिहारमा पैसा दिन्छु भनेको थिएँ, तर स्थिति फेरि बिग्रियो। अब म तिमीलाई अर्को महिना पक्का दिन्छु है, मति नबिगार है।"
रामबहादुरको अनुहारमा निराशा देखियो, तर उनले आफ्नो गहिरो सास तान्दै भने, "साहुजी, यो पटक तपाईको कुरा पत्याउन गाह्रो भएको छ। तर म फेरि पनि पर्खिन्छु। आशा गरौं, तपाईले मलाई आर्को महिना धोका दिनुहुन्न।"
यो सुनिसकेपछि साहुजीले लाज मानेर भने, रामचा! तिनीलाई सार्है गार्हो भयो हगी! यसपाली पोहोरको तलबको आधा पैसा लिएर जाउ भन्ने वाला थिएं, तर त्यति पनि पुर्याउन सकिएन है! तर आधाको पनि आधा भए पनि तलब थापेर रामचा हर्ष न बिस्मात भने झैं घर फर्कियो। अस्तु।
No comments:
Post a Comment