Grab the widget  Get Widgets

Saturday 24 September 2022

नजान्ने मान्छे!

उहिले पदयात्रा बाट फर्कंदा बुढी दंग परेर स्वागत गर्थी । बेलैमा घर आयो भनेर दंग पर्थी । आजकालको जमाना के भाको कुन्नी ! ए! बूढो पनि समय अनुसार चल्नु पर्‍यो भन्छे ! तर जे गरे नि उल्टो उल्टो मात्रै गर्छ ! असिद्धी मोरो ! भनेर पनि भन्छे।

बुढोले बुढिलाई ट्रेकिङबाट केही सामान ल्याइ दियो भने बुढीले बाढी पैर्‍हो नै गए जस्तो गरेर कराएर धुमधाम गर्छ, त्यो त नल्याएको भए हुन्थ्यो भन्छ । ल्याएन भने त्यति त आफ्नै बुध्दिले ल्याइ देको भए पनि त हुन्थ्यो नि भन्छ ।

कहिलेको एक पटक बाबाले पुजा गरेको फोटो खिच्यो भने, फोटो सोटो खिच्नु पर्दैन भन्नु हुन्छ, जे पनि फेसबुकाँ राखेर के पर्चार पर्सार गर्नु पर्ने ? जे पनि हल्ला गर्नु पर्ने ? भन्नुहुन्छ । उता बाबाको साथीहरूले तिमीहरुले तिम्रा बा आमाको फोटो खिचेर राख न हाम्लाई पनि हेर्न मनलाछ नि हउ ! भन्नु हुन्छ । त्यति त गर्न हुन्छ नि भन्नुहुन्छ । 
फोटो नराखे, हाम्री आमाले क्यामेरा हात हातमा भएर के गर्ने ? हाम्ले त फोटो सोटो खिच्न जान्दैन क्यारे भन्नुहुन्छ। जान्नेहरुले खिचेर राख्देको भए हुन्छ क्यारे भन्नुहुन्छ । खिचेर राख्यो भने कति पर्चार गर्नु पर्ने भन्नु हुन्छ । आ..! राख्दिन भन्यो भने, हाम्लाई राख्न आउंदैन क्यारे, जान्नेहरुले राख्देको भए हुन्थ्यो क्यारे, भन्नुहुन्छ। बेलैमा फोटो राखे, जे पनि तुरुन्तै राख्नु पर्ने यिनीहरूलाई कति देखाउन पर्ने भ्वास्सीहरु भन्नुहुन्छ । 

खोइ आजकाल के भाको कुन्नी ! धेरै जानेर पनि नजान्ने भाको छु यो मान्छे ! अस्तु !

No comments:

Post a Comment