साउजी: नमस्ते, नमस्ते ! के छ काईंला, तेरो हाल खबर? आजकाल देखा पर्दैनस त! कटा टिर छस हं?
ट्रेकिङ सेकिङ जाने गरेको छैनस? आजकाल सामान किन्न पनि आउंदैनस त!
कांईंला: ओ खो साउजी! क्यार्नु र ट्रेकिङमा जान कुइरे पनि त आउन परो नि। आफु एक्लै गएर हुन्न क्यारे! पैसा कमाउन ट्रेकिङ कम्पनीमा पनि कुइरे सुइरे आउन परो नि। आनि पो सामान पनि किन्न आउने। आबु! आफैले मात्रै खान त उहि सात्तु, गौं, जौ, मकै, सकै भए पुगि हाल्छ। तो त मेरो तिरै नै पाउंछ त। तेसैले एतातिर नआहुम!
साउजी: ए टेसो पो! मैले त तंलाई पनि कोरोना ले पो लग्यो कि भन्ठानेको नि बज्या!
कांईला: ओ खो साउजीले पनि कस्तो खत्रै ठट्टा पो गरो त। मो मोरे पनि भुत भएर तपाईंलाई भेट्न आई हाल्छु नि। अनि संगै बसेर तो ऐला र भोइंसीको छोइला खान आउँथे नि। आम्मामा! त्यो सितन सम्झेर खान पो मन लाग्यो त साउ! खुवाउने होइन?
साउजी: किन न ख्वाउने नि! लौ जाम! तं त मेरो अन्न देउता हो नि तंलाई भोग नदिएर हुन्छ बज्या! तंइले गरेर मैले पसल थामेको छु। आइजे जाम। तंलाई यमराजको बहान भोइंसीको छोइला र ऐला ख्वाउँछु। मज्जाले खाम जाम। अस्तु।
No comments:
Post a Comment