Grab the widget  Get Widgets

Saturday 22 July 2023

आजकाल के भो, भो!

आजकाल के भो, भो! 
बोल्नै नहुने भो! 
बोल्यो कि अनर्थ लाग्ने भो!
एउटा कुरा गर्‍यो,
आर्को अर्थ लागो,

आजकाल के भो, भो! 
बोल्नै नहुने भो! 
बोल्यो कि, किन बोलेको? भन्छ,
नबोले, 
तेरो बक्की के भो? 
बोल्नै छाडीस? भन्छ,

आजकाल के भो, भो! 
हेर्‍यो भने किन हेरिस? भन्छ,
हेरेन भने वास्तै गरिनस भन्छ।

आजकाल के भो, भो! 
लेख्यो भने किन लेखिस? भन्छ,
लेखेन भने तेरो कलम भांच्चियो? भन्छ।

आजकाल के भो, भो! 
घुम्न गयो भने कति घुम्छस? 
तेरो काम साम छैन? भन्छ,
घुम्न गएन भने,
तेरो घुमन्ते कथा आएन नि भन्छ।

खोइ! आजकाल के भो, भो! 
जे गरे नि अनर्थ हुने भो!
अस्तु।

No comments:

Post a Comment