Grab the widget  Get Widgets

25 July 2023

अचम्मको मान्छे म

थाहा छैन किन हो किन? 
कहिलेकाहीँ लाग्छ, म अचम्मको मान्छे। 
कहिलेकाहीँ मलाई बोल्नै मन लाग्दैन,
कहिलेकाहीँ बोलेको बोलै हुन्छु म।
कहिलेकाहीँ कसैको कुरा सुन्दिन,
कहिलेकाहीँ सबैको कुरा सुनी रहुं जस्तो लाग्छ।
कहिलेकाहीँ आफुलाई सर्बश्रेष्ठ थान्छु,
कहिलेकाहीँ केहि नजान्ने थान्छु।
थाहा छैन किन हो कुन्नी?
कहिलेकाहीँ म आफैलाई,
अचम्मको मान्छे जस्तो लाग्छ।
सायद!
म अचम्मकै मान्छे पो हो कि?

No comments:

Post a Comment