ट्राफिक भाईले सोध्नु भयो, तपाईं रेडक्रसमा काम गर्नु हुन्छ? मैले जवाफमा रेडक्रसमा रगत दान गर्ने गर्छु। काम चैं पढाउने गर्छु भनें। मेरो बिल बुक फर्काउनु हुँदै मोटरसाइकलको अगाडिको नम्बर प्लेट हेर्नु हुँदै भन्नु भयो, तपाईंको मोटरसाइकलले त काठमाडौंको गल्ली गल्लीका खाल्डाखुल्डी सबै चिनिसके होलान हगी?
मैले पनि फुर्ति लगाउंदै भने, हो नि, मैले बाटो नहेरी चलाए पनि, यो मेरो मोटरसाइकलले बाटो देखाएर अगाडिको खाल्डाखुल्डी छलेर मलाई बचाउंछ। त्यति अनुभबी छ मेरो मोटरसाइकल!
ट्राफिक भाइ: त्यति सारो त नहोला, हेर्न त आफैले हेर्नु परो नि होइन र सर!
अलि बढी नै पो भनें की जस्तो लाग्यो, मलाई पनि।
ट्राफिक भाईले मलाई जानु भनेर संकेत गर्नु भयो, त्यतिन्जेल मैले मेरो लाइसेन्स भेट्न सकेन। धन्यवाद भन्दै अगाडि बढें। तर मनमा खुल्दुली भै नै रह्यो। मेरो लाइसेन्स कता मिसिङ भो? कुन ठाउँमा हराएं, होला! एकदम तनावमा कलेज पुगेर फेरि पर्समा खोतल खातल गरें, भेट्न सकेन। अब क्लास सकिए पछि फेरि हेर्नु पर्ला भनें।
क्लास सकिए पछि, एउटा सम्झना आयो। अस्ति नेपाल पर्बतारोहण संघमा मैले मेरो लाइसेन्स देखाएको थिएं, त्यस पछि मैले लिएको याद आएन भनेर त्यो अफिसमा फोन गरें। फोनमा पुष्प राज ढकाल भाईले अफिसमा आउनुस न त, म खोजेर राख्दिम्ला भने पछि, खुरुर अफिस पुगें।
जाने बित्तिकै पुष्प भाईले पाइएन त सर, यहाँ सबै तिर खोजें। कतै अस्तिको कोटको गोजीमा त परेन? भने पछि घरमा श्रीमतीलाई कोटको गोजी छामछुम पार्न फोन गरें र मैले पनि मेरो बिल बुकमा नै पो छ कि भनेर खोतल्न थालें।
थुइक्क! बेकारमा सबैलाई यता उता खोज्न लगाएको रैछु। त्यो लाइसेन्स त बिल बुक भित्रै लुकेर जिस्काउंदै रैछ।
लाइसेन्सले भयो, अरे, ए साहुजी! तिम्रो सुद्दी हराइ सकेछ। हेर त! म त यहीं लुकेर बसेको छु, तिम्रो बिल बुक संगै! तनाब खतम। अस्तु।
No comments:
Post a Comment