नमस्ते म्याम! मेरो कोठाको सामान त एउटा पनि छैन नि! के भाको?
रिसेप्सन: अं सर! तपाईंको कोठा सार्देका छौं। तपाईं बिहान देखि भेटिएन, हाम्लाई त्यै कोठा चाहिएकोले तपाईंको सामान सप्पै सार्देको छु। अब एकतला माथी मात्रै जानु भए हुन्थ्यो।
अस्ति नै पहिलो तल्लामा कोठा राख्नु पर्ने नि भन्नु भएकोले त्यही तल्लामा सार्देकोछु है सर। सूचना दिन नपाएकोमा सरी! एकै सासमा फरर बोलीन।
कोठा सारेको कुरा थाहा नपाउंदा मनमा अनेक कुरा आयो। मेरो अन्डर गार्मेन्टहरु, रुमाल, कपडा, जुत्ता, भएको झोला, औषधि, केही महत्त्वपूर्ण कागजातहरु सबै सत्यानास भयो भन्ठानेको। ढुकढुकी बढेर आम्मामा झण्डै बेहोस भाको!
कोठाको सांचो लिएर जांदा सबै सामानहरु जस्ताको तस्तै मिलाएर राखि दिएका रैछ्न। धन्न लामो सास फेर्न पाइयो। अनि झ्याल तिर हेर्दा पारदर्शी पर्दा मात्रै रैछ। टेलिफोन त छ रैछ, तर हेर्नको लागि रैछ, च्या पकाउने कुनामा ट्रे मात्रै रैछ, किट्ली छैन रैछ, पहिलो कोठामा जे जे छ त्यो सबै राख्ने ठाउँ चैं रैछ, तर सामानहरु न रैछ। मैले पनि यहाँको स्थानीय भाखा जानेछु क्यार!
फेरि रिसेप्सनमा फोन लगाउन फोन उठाएं। हातमा भएको रिसिभर कान सम्म लगें कानमा आवाज आएन, कान कोट्याएर फेरि सुने केही आवाज आएन, मतलब डायल टोन नै छैन रैछ। अब भने हरेक कुरा भन्न रिसेप्सन सम्म नै जानु पर्ने भयो। स्टाफहरुले मेरो स्वास्थ्यको ख्याल गरेर एक तला सम्म तल माथी गर्न सहज हुने भएकोले कोठा सार्देका रैछन। बल्ल बुझियो। अस्तु।
No comments:
Post a Comment